नियमित सेवा पुजामा मात्र सिमित भयो जाँतेको उभौली सेवा

Letang Khabar शनिबार, जेठ ०३, २०७७

डम्बर सिन्चिउरी

जाँते , ३ जेठ । विगतमा उत्तरी मोरङ्ग मध्ये कै निकै तामझाम का साथ सम्पन्न हुने उभौली सेवा गर्ने जाँते भनेर चिनिएको लेटाङ्ग ९ जाँते ले यो साल को उभौली सेवा भने नियमित सेवा पुजा मत्रै गरेर मनाएको छ ।
कोभिड १९ को चापमा परेको उक्त निम सेवा पुजा गत बुधबार सम्पन्न गरिएको थियो । सेवा पुजामा स्थानिय राई जातीका केही युवा(युवती र केहि भाकलीहरु का साथै घरमा कुल पुजा गर्न नभ्याएका केही घरमुली मात्रै सामेल भएर सम्पन्न गरिएको थियो ।

देश व्यापी लकडाउन का कारण ईतिहास कै पहिलो पटक यस पाली को उभौली सेवा पुजालाई यसरी मनाएको किराँत राई यायोख्खा वडा प्रारम्भिक कार्यसमिति लेटाङ्ग ९ जाँते का अध्यक्ष सन्त राईले वताए । विगत का दिनहरुमा बैशाख शुक्ल पुर्णिमा को हप्ता दिन अघि देखि घर घरमा गरिने कुल देवताको पुजा सके पछि पालो मिलाएर हप्तादिन पछि सम्म भए पनि निक्कै तामझाम का साथ गरिने यो सेवा पुजा लाई लकडाउन कै कारण यसरी सुटुक्कै गर्नु परेको स्थानिय यायोख्खा सदस्य प्रेम राईले जनाए ।

यसरी सुटुक्कै सानो र छरितो तरिकाले गरिएको सेवा पुजामा प्रकृति लाई धन्यवाद दिने र आशिर्वाद माग्ने काम मात्र भएको भनिए पनि स्थानिय बासीले गरेको भाकल बुझाउने कामले भने पुजालाई अलिक ढिला बनाएको थियो ।

कोरोना कहर को पुर्ण पालना गर्दै सामाजिक दुरी कायम राखी गरिएको सो सेवा पुजा मा स्थानिय नाक्छोङ्ग ९ राई जातीका पुजारी ० राम बहादुर राईले अगुवाई गर्नु भएको थियो । पुजामा उपस्थित हुने सबै जनालाई माक्स् वितरण गरिएको थियो भने पुजा स्थलमा अागन्तुकहरु लाई हात धुनको लागि साबुन
पानीको राम्रो व्यवस्था समेत गरिएको थियो । लगभग तीन घणटा सम्म चलेको सेवा पुजा लाई मनो रन्जन दिन सामाजिक दुरी कायम राखी स्थानिय युवा यवतीहरुले साकेला सिली समेत प्रस्तुत गरेका थिए ।

स्थानिय नाक्छोङ्ग को घरमा चुलो पुजा गरी शक्ति मागेर शुरु गरिएको सेवा पुजा को स्थानिय वसन्त हरियाली सामुदायीक वन क्षेत्रमा स्थापित साकेला थान परिसरमा निर्माण गरिएको सिली मञ्च मा नाक्छोङ्ग द्वारा नै आँपको विरुवा रोपेर सामुहिक फोटो सेशन सँगै समापन गरिएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ