संक्रमित संख्या २६७ पुग्यो, दाङमा ३ सहित थप ९ जनामा कोरोना संक्रमण

Letang Khabar शुक्रबार, जेठ ०२, २०७७

काठमाडौं, २ जेठ । दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा एक जनामा समेत गरी पछिल्लो पटक ९ जनामा कोरोना देखिएको हो ।

यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ। पछिल्लो पटक पर्सामा ९ र १० वर्षीय बालकका साथै २३ र ४७ वर्षीया महिलामा संक्रमण देखिएको हो । यसैगरी दाङमा संक्रमित हुनेमा २३, ३६ र ३४ वर्षीय पुरुष छन् ।

काठमाडौंमा ७ वर्षीय बालक पनि संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ। उदयपुरका २५ वर्षीय युवामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरू सबै जना अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ