अनुदानको तरकारी बिउ वितरण सुरु

Letang Khabar सोमबार, बैशाख १५, २०७७

लेटाङ, १५ बैशाख । लेटाङ नगरपालिकाले ८५ प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण सुरु गरेको छ । लकडाउनले बाहिर हिड्ने अवस्था आएपछि कृषकहरुले घरघरमा विउ बाढिदिन माग गरेका थिए । सोही अनुसार आज लेटाङ नगरपालिका वडा नं. ५ का १३ वटा कृषक समुह , २ वटा कृषि फार्म र १५ जना कृषकहरुलाई तरकारीको विउ वितरण गरिएको हो ।
तरकारी खेतीका लागि अगाडी रहेको लेटाङ नगरपालिकाका ९ वटै वडामा पूगेर विउ वितरण गरिने लेटाङ नगरपालिका कृषि शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ता भित्रमा सवैलाई विउ वितरण गरिनेछ ।
नगरपालिकाले टमाटार, भिन्डी ,लौका , फर्सी, घिरौला, वोडी , साग, खुर्सानी , कांक्रा , करेला र धनियाको बीउ वितरण गरिरहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ