लेटाङ नगरपालिकाले बाँकी रहेका वडामा राहत वाढ्यो

Letang Khabar आइतबार, बैशाख १४, २०७७

लेटाङ, १४ बैशाख । लेटाङ नगरपालिकाका ४ वटा वडामा आज वाट राहत वाड्न सुरु गरिएको छ । वडा नं. ३ बाहेक सवै वडामा राहत वाडिएको हो ।
 
हिजो ४ वटा वडामा राहत वाढ्न सुरु भएको थियो भने आजवाट बााँकी रहेका ५ वडा मध्ये ४ वटा वडामा राहत बाड्न सुरु गरिएको हो ।
 
लेटाङ नगरपालिका वडा नं. ४ का ५१८ परिवार ,वडा नं. ५ का ४९१ परिवार ,वडा नं. ६ का ४०२ परिवार र वडा नं. ७ का ३७७ परिवारलाई आज वाट राहत बाड्न सुरु गरिएको हो । अन्य वडाहरुमा हिजो देखिनै राहत वाड्न सुरु गरिएको छ । वडा नं. ३ मा भोलीदेखि राहत वाडिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
नगरपालिकाले आफ्ना वडाका ९ वटामा जम्मा ४ हजार १ सय ८३ घर परिवारलाई राहत वितरण गरिरहेको छ । नगरपालिकाले हिजो पहिलो दिन ४ वटा वडाहरुमा राहत वितरण सुरु गरेको थियो ।
लेटाङ १ मा ३७५ परिवार , लेटाङ २ मा ३४४ परिवार , लेटाङ ८ मा ४८७ परिवार र लेटाङ ९ मा ३७३ परिवारलाई राहत वितरण गरिसकेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ