कांग्रेसद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

Letang Khabar बिहिबार, बैशाख ११, २०७७

लेटाङ, ११ बैशाख । मृगौलामा खरावी आएर डायलासिस गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण घरमै बसिरहनुभएकी लेटाङ ८ जाँते वजारमा अस्थायी वसोवास गरिरहनुभएकी कुमारी राईलाई नेपाली कांग्रेस जाँतेले २० हजार सहयोग गरेको छ ।
 
डायलासिस गर्ने पैसाको अभाव भएपछि राईको परिवारलाई नेपाली कांग्रेस लेटाङका उपसभापति तथा लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले उक्त रकम पिडित राईकी छोरी सविता राईलाई आज हस्तान्तरण गर्नुभयो । राईकाे बिराट मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेकाेमा आर्थिक अभावका कारण केही समय देखि मृगाैलाकाे डायलासिस गर्न सकिरहेकाे थिएन । कांग्रेसले यति आर्थिक सहयाेग गरेपछि एकपटकलाई डायलासिस गर्न रकम जुटेकाे छ भने अर्काे पटकका लागि सहयाेग रकमकाे आवश्यकता देखिएकाे छ ।
 
मृगौलाको खरावी भएकी राईको स्थायी घर पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ९ मा रहेको छ ।
 
आर्थीक अभावले उपचारमा समस्या भएपछि राई सहित परिवार पिडामा रहेको थियो । उहाँलाई सहयोग गर्न चहाने मनहरुले लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेललाई ९८५२०५९३९३ मा सम्पर्क गर्न सकिने बताईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ