बुहारी कुटेपछि मुकुन्द घिमिरे (मुकुन्दे) पक्राउ

Letang Khabar सोमबार, बैशाख १०, २०७५

बेलबारी । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन ।
मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा बस्दै आएका थिए ।
लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ