घरघरमा औषधी पुर्याउदै वडा अध्यक्ष

Letang Khabar बुधबार, चैत्र २६, २०७६

लेटाङ २६ चैत । कोरोनाको कहर बढिरहेको यो जटिल परिस्थितिमा लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पाेख्रेलले १३ जना विरामीहरुलाई डाक्टरको प्रीस्किप्सन अनुसारका औषधी खरिद गरि  निशुल्क रुपमा  घरघर पुर्याईरहनुभएकाे छ । लकडाउनको समय नसकिन्जेल निशुल्क औषधी खरिद गरेर आफ्ना वडाका जनतालाई घरघरमा पुर्याउने जानकारी दिनुभएकाे छ । कतिपय औषधी खरिदका लागि धरान , विराटनगर जस्ता ठाँउमा पूग्नुपर्ने भएकाले आफुलाई जानकारी भएको १ दिन भित्रमा औषधी ल्याएर दिईने उहाँले जनाउनुभयो । स्थानिय औषधी पसलहरुमा प्राप्त हुने औषधीहरु तत्काल खरिद गरेर हस्तान्तरण गरिरहेको समेत उहाँले बताउनुभयो ।
नोवेल कोरोना भाईरस(कोभिड–१९)को संक्रमणले देश लकडाउनको अवस्थामा रहेका वेला विरामी भएर नियमित औषधी सेवन गरिरहेका आफ्ना वडावासीको कठिनाईलाई मध्यनजर गरी निशुल्क औषधी खुवाईरहेको उहाँले बताउनुभयो । आफ्नो वडामा कोही तेस्ता ब्यक्तीहरु जसले डाक्टरको सल्लाहा अनुसार औषधी सेवन गरिरहेको र यो अवस्थामा औषधी सकिए खरिद गर्न समस्या भएमा आफुलाई ९८५२०७५३०८ मा सम्पर्क गरि जानकारी गराउन समेत भन्नुभएको छ ।

अध्यक्ष पोख्रेलले जनताको मन यस्ता कार्यले जितिरहनुभएको छ । ८ नं. वडा लेटाङमा भर्खरै राहत वाड्ने काम सम्पन्न गरेका पोख्रेलले लकडाउनले भोकै बस्नु पर्ने परिवारलाई ब्यक्तिगत रुपमा पनि सहयोग गर्ने घोषणा लकडाउन भएको दिननै गर्नुभएकाे छ । उहाँले २ सय ९२ घर परिवारलाई नगरपालिकाको सहयोगमा राहत दिईसकेको वताउनुभयो ।

निर्वाचनको वेला वडालाई नमुना वडा वनाउने घोषणा सहित आउनुभएको उहाँले जनताको मन जितेर राम्रो काम गरेको भन्दै वडावासीहरु खुसी भईरहेका छन् । विकासको काममा सवैभन्दा अगाडी रहनुभएका उहाँले आफ्नो वडालाई नमुना वनाउनका लागि काम गरिहनुभएकाे छ । सडक वाटो ,पूल , सिचाँई तथा कृषी र पर्यटनको क्षेत्रलाई बिषेश योजना बनाई काम गरिरहनुभएका अध्यक्षले वडा नं. ८ लाई तरकारी जोन वनाउन लागिरहेकाे समेत जानकारी दिनुभएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ