नगर स्तरिय राहत कोषमा सहयोग थपिदै

प्याब्सनले गर्याे ठुलाे परिणाममा सहयाेग

Letang Khabar मंगलबार, चैत्र २५, २०७६

लेटाङ, २५ चैत । कोभिड १९ को प्रकोप फैलिएर विश्व नै आतंकित भईरहेको सन्दर्भमा लेटाङ नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापनका लागि प्याब्सन नगर कार्यसमिति लेटाङले १२ सय ५० केजी चामल सहयोग गरेको छ ।
नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन नगर स्तरि राहत कोषमा सिडिएफ लेटाङले १० हजार तथा जनकल्याण साकोषले ५ हजार रुपैया सहयोग गरेको छ ।

लेटाङमा जम्मा २१सय ४१ परिवारको तथ्याङ संकलन भएको छ । यस अघि २१३५ परिवारलाई राहत बाँडिने तयारी भईरहेकोमा छुटफुट थपिएपछि २१४१ परिवार भएको हो ।

उनिहरुलाई परिवार संख्याको आधारमा ४ जनासम्म परिवार संख्या भएकोलाई प्रति परिवार १२ किलो चामल ,१ किलो दाल, १ किलो नुन र आधा लिटर तेल दिईदैछ । यसैगरी ७ जनासम्मको परिवार संख्या भएको परिवारलाई प्रति परिवार १५ किलो चामल , डेढ किलो दाल , १ किलो नुन र १ लिटर तेल दिईने छ । साथै सो भन्दा माथी परिवार संख्या भएको परिवारलाई भने १८ किलो चामल, २ किलो दाल, १ किलो नुन र डेढ लिटर तेल, २५० देखि ५०० ग्राम सम्म सोयाबिन दिईरहेको छ ।

लकडाउनकाे अवधी लम्बिदै गएमा चाडै अर्काे चरणकाे राहत समेत ब्यवस्थापन गर्नुपर्ने आवश्यकता समेत देखिन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ