लेटाङ १ मा राहत वाड्न सुरु

Letang Khabar मंगलबार, चैत्र २५, २०७६

लेटाङ, २५ चैत । लेटाङ १ मा आज वाट खाद्यान्न वितरण सुरु भएको छ । लेटाङ १ मा १२० परिवारलाई पहिलो चरण राहत दिईने र छुटेका करिव ५० परिवार सहित १७० विपन्न परिवारलाई राहत दिन आवश्यक रहेकाले वडा कार्यालयद्धारा सोही अनुसारको तयारी गरिरहेको अध्यक्ष विष्णुकुमार मगरले जानकारी दिनुभयो ।
लेटाङका सवै वडामा आज विहानै देखि राहत वितरण भईरहेको र आफुले पनि नगरप्रमुख संगको समन्वयमा राहत वाड्न सुरु गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो । लेटाङ नगरपालिकामा जम्मा २१३५ परिवारलाई राहत वितरण भईरहेको छ भने वडा नं १ मा केही परिवार संख्या अझै वढ्ने वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

कोभिड – १९ को विश्वव्यापी संक्रमण फैलिएर देश लकडाउनको अवस्थामा ज्याला मजदुरी गर्ने , असाहाय, अपांगता भएका तथा खाद्यान्न नभएर भोकै हुने अवस्थाका परिवारलाई नगरपालिकाले राहत स्वरुप ४ जनासम्म परिवार संख्या भएकोलाई प्रति परिवार १२ किलो चामल ,१ किलो दाल, १ किलो नुन र आधा लिटर तेल दिन लागिएको छ । यसैगरी ७ जनासम्मको परिवार संख्या भएको परिवारलाई प्रति परिवार १५ किलो चामल , डेढ किलो दाल , १ किलो नुन र १ लिटर तेल दिईने छ । साथै सो भन्दा माथी परिवार संख्या भएको परिवारलाई भने १८ किलो चामल, २ किलो दाल, १ किलो नुन र डेढ लिटर तेल, २५० देखि ५०० ग्राम सम्म सोयाबिन दिईने नगरको मापदण्ड रहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ