लेटाङ्ग ९ मा राहात वितरण शुरु

Letang Khabar मंगलबार, चैत्र २५, २०७६

डम्बर सिन्चिउरी

लेटाङ, २५ चैत्र । विस्वव्यापि माहामारी को रुपमा वितण्डा मच्चाईरहेको भाईरस् कोभिड – १९ को कहरमा दुई हप्ता देखि लकडाउनमा परी दैनिक ज्याला मज्दुरी गरेर दुई छाक टारीरहेका परिवारलाई हाल बन्दको अवस्थामा नगरपालिकाले दिने भनिएको राहत लेटाङ्ग ९ जाँतेले नगरकै योजना बमोजिम आजबाट वितरण कार्य शुरु गरेको छ ।

विगत एकहप्ता अघि बाटै वितरण को योजना बनाई रहेको नगरले विविध कारण देखाई वितरण ढिला गर्दै आईरहेको थियो । वितरणमा आवस्यक पर्ने सहि तथ्याङ्क र केही राहात सामग्रिको समेत चाँजो मिले पछि उक्त कार्य ले गत आईतबार बाट भने तिब्रता लिएको थियो। आईतबार साँझ सम्ममा नगरले सम्बन्धित वडा वडामा तथ्याङ्क बमोजिमको सामाग्रि पुर्याए को र वडा वडाले पनि नगरको मापद्णड बमोजिम नै सोही दिन साँझ बाटै प्याकेजिङ्गको कामशुरु गरेका थिए । वडाले नगरको मापदण्ड बमोजिमकै आधारमा सोमबार साँझ सम्ममा प्याकेजिङ्गको काम पूरा गरी आज २५ गते बाट राहात वितरण कार्यशुरु गरिएको वडाध्यक्ष कृष्ण लुईटेलले जनाएका छन् । वडाध्यक्षका अनुसार ४ जनासम्म परिवार संख्या भएकोलाई प्रति परिवार १२ किलो चामल ,१ किलो दाल, १ किलो नुन र आधा लिटर तेल दिन लागिएको छ ।

यसैगरी ७ जनासम्मको परिवार संख्या भएको परिवारलाई प्रति परिवार १५ किलो चामल , डेढ किलो दाल , १ किलो नुन र १ लिटर तेल दिईने छ । साथै सो भन्दा माथी परिवार संख्या भएको परिवारलाई भने १८ किलो चामल, २ किलो दाल, १ किलो नुन र डेढ लिटर तेल, २५० देखि ५०० ग्राम सम्म साेयाबिन दिईने नगरको मापदण्ड रहेको छ ।
उहाँका अनुसार वडानम्बर ८ बाहेक लेटाङ्गका अन्य आठै वटा वडाले एकैसाथ आज बाट राहत वितरण कार्य शुरु गरेको हो । वडा ८ ले भने हिजै बाट शुरु गरिसकेको छ । दैनिक ज्याला मजदुरी गरिखाने विपन्नहरुको १ सय ९१ परिवार संख्या र ८ वटा टोल विकास रहेको वडानम्बर ९ ले आज विहान देखि उक्त राहात वितरण कार्य शुरु गरेको हो ।
आज विहान वडाको पश्चिमि क्षेत्रमारहेको मिलिजुली र सगरमाथा टोललाई संयुक्तरुपमा स्थानिय शिक्षाज्योती आधारभुत विद्यालयमा भेला गराई वितरणको शुरुवात गरिएको वडासदस्य खेमराज ढकालले बताए ।  ढकालका अनुसार दोश्रोचरणमा वाह्रगोठे टोलका विपन्नहरुलाई स्थानिय कोपिला सामुदायीक वनको प्राङ्गणमा वितरण गरिने छ भने त्यस पछि क्रमशः मदनपुर, विहानि,समृद्धि,मदन चौक र स्वर्गद्वारी टोल विकासमा वितरण गरिने योजना रहेको छ । उहाँ भन्नू हुन्छ समय ले भ्याए सम्म आजै वितरण गर्ने योजना रहे पनि नभ्यामा भने पालै पालो वितरण गर्दैजाने छौं । वितरण कार्य गर्दा कोरोना कहरको नियमलाई पुर्ण पालना गरिएको वताईएको छ ।
लेटाङ्ग नगरपालिका मा सरकारले गत चैत्र ११ देखि शरु गरेको लकडाउन का कारण बाट प्रभावित दैनिक ज्यालामज्दुरी गररे छाक टार्ने को संख्या २ हजार एक सय ३५ रहेको जनाईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ