जम्मा २१३५ परिवारले आज वाट राहत पाउने
लेटाङ, २५ चैत । लेटाङ नगरपालिकाका ९ वटै वडामा आज बाट खाद्यान्न वितरण गरिने भएको छ । तथ्यांक संकलन भएका सबै जम्मा २१३५ परिवारले आज वाट राहत पाउने छन् ।
यस परिस्थितिमा कोभिड १९ को संक्रमणको जोखिम लाई ख्याल गर्दै सम्भव भए सम्मका अधिकतम सावधानीका उपायहरु अपनाई राहत लिनदिन सम्बन्धित सवैमा अनुरोध गर्नुभएको छ ।
लेटाङ नगरपालिकाले नगरपालिकाले ४ जना सम्मको परिवारलाई डिटोल सावुन १, चामल १२ के.जि., दाल १ के.जि. , नुन १ के. जि. र तेल आधा लिटरको १ पोका र ४ जना देखि ७ जनाको परिवारलाई डिटोल सावुन २, चामल १५ के.जि., दाल १.५ के.जि. , नुन १ के. जि. तेल १ लिटर साथै ७ जनाभन्दा वढि परिवारलाई डिटोल सावुन ३, चामल १८ के.जि., दाल २ के.जि. , नुन १ के. जि. तेल १.५ लिटर दिने निर्णय गरेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो ।