चोरी, तस्करीमा संलग्न सवारी साधन बरामद

Letang Khabar सोमबार, बैशाख १०, २०७५

१० बैशाख २०७५, सोमबार 

विराटनगर/ मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरक्षे क्षेत्रको खोलाहरुबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी चोरी तस्करी गर्ने दुई वटा सवारी साधन प्रहरीले बरामद गरेको हो ।
चोरी, तस्करीमा बरामद गरेको ढुङगासहितको ट्याक्टर । तस्विर – जिप्रका मोरङ

प्रहरीले मोरङ केराबारी गाउँपालिका – ७ मुगु स्थित खदम खोलाबाट अवैध रूपमा ढुंगा चोरी पैठारी गरी स्टोक गरी राखेको ठाउबाट जेसिवी र टिफर आज सोमबार नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले अन टेष्ट जेसिवी मेशिनले ना ७ ख ६९१२ नं. को टिफरमा ढुंगा उठाई रहेको अवस्थमा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । प्रहरीको अनुसार बरामद गरेको दुवै सवारी साधनहरूलाई पक्राउ गरी स्टोक गरिएको अन्दाजी ४ हजार ५ सय घनमिटर ढुंगा समेत सिज गरी आवश्यक कारवाहीको लागि ईलाका बन कार्यालय केराबारीमा बुझाईएको छ ।

प्रहरीले १५ दिनको अवधीमा चुरे संरक्षण क्षेत्रमा अवैध ढुंगा, गिट्टी बालुवा उत्खनन तथा ओसार पसारमा संलग्न ५ टिफर, ४ ट्याक्टर र ४ जेसिवी गरी १३ वटा सवारी साधन र अन्दाजी ५ हजार घनमिटर ढुंगा पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको मोरङ प्रहरीको भनाई छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ