जनसेवाले दियो हजार केजी चामल, ४ सय केजी दाल

Letang Khabar आइतबार, चैत्र २३, २०७६

लेटाङ, २३ चैत । जनसेवा सामुदायिक बन लेटाङ ४ ले १ हजार केजी चामल र ४ सय केजी दाल लेटाङ नगरपालिकाका लाई हस्तान्तरण गरेको छ ।
कोभिड १९ को संक्रमणका कारण जनताहरुले घर भित्रै बस्नुपर्ने अवस्था आएको र दैनिक काम गरेर खाने ज्यालादारी मजदुर , असाहाय, अपांगता भएका ब्यक्तीहरु लगायतले दालचामलको अभावमा भोकै वस्नुपर्ने अवस्थालाई राहत दिनका लागि लागि एकद्धार प्रणाली वाट राहत वितरण होस भनि नगरपालिका मार्फत राहत दिईएको उक्त सामुदायिक बनका अध्यक्ष दिलाराम राईले वताउनुभयो ।
विभिन्न संघसंस्था तथा ब्यक्तिहरुवाट नगरपालिका वा वडा कार्यालय मार्फत जिन्सी सामाग्री र राहतकोषको खातामा नगद जम्मा गर्ने व्यवस्था मिलाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
उहाँको अनुसार लेटाङ नगरपालिकाले २० लाख , नगरपालिकाका जनप्रतिनिधीहरुले ६ लाख ९४ हजार र नमुना सामुदायिक बनको तर्फवाट १ लाख १४ हजार ७ सय ११ रुपैया गरि २८ लाख ८ हजार ७ सय ११ रुपैया कोषमा जम्मा भईसकेको र अझै कोषमा जम्मा हुने क्रम रहेको वताउनुभयो । कोरोनाको जोखिमलाई ध्यान दिदै राहत कोषमा रकम जम्मा गर्न चहानेले कोषको खातामा जम्मा गर्न सक्नेछन भने जिन्सी सामान वडा कार्यालय तथा नगरपालिकामा जम्मा गर्न सकिने समेत वताउनुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ