लेटाङ नगरपालिकाले तय गर्यो राहत प्याकेज

Letang Khabar बिहिबार, चैत्र २०, २०७६

प्रशान्त निरौला
लेटाङ, २० चैत । लेटाङ नगरपालिले आफ्नो क्षेत्रभित्रका गरिव, विपन्न तथा श्रमिक व्यक्तिहरुमा नोवेल कोरोना भाईरस (कोभिड १९ )को कारणले खाद्यान्नको अभाव भई भोकमरी आउन सक्ने अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले वनाएको मापदन्डका आधारमा खाध्यान्न उपलव्ध गराउने भएको छ ।
नगरपालिकाले ४ जना सम्मको परिवारलाई डिटोल सावुन १, चामल १२ के.जि., दाल १ के.जि. , नुन १ के. जि. र तेल आधा लिटरको १ पोका र ४ जना देखि ७ जनाको परिवारलाई डिटोल सावुन २, चामल १५ के.जि., दाल १.५ के.जि. , नुन १ के. जि. तेल १ लिटर साथै ७ जनाभन्दा वढि परिवारलाई डिटोल सावुन ३, चामल १८ के.जि., दाल २ के.जि. , नुन १ के. जि. तेल १.५ लिटर दिने निर्णय गरेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो ।
९ वटै वडामा गठन गरिएको वडा स्तरिय विपत व्यवस्थापन समिति मार्फत राहत वितरण गरिने समेत मेयर राईले जानकारी दिनुभयो । राईका अनुसार कुनै पनि संस्थाले आफु खुसि राहत वितरण गर्न नपाईनुका साथै कुनै ब्यक्ती तथा संस्था संग चन्दा उठाउन नपाईने निर्णय गरेको लेटाङ नगरपालिकाले निर्णय गरेको समेत वताउनुभयो । महामारीको रुपमा विश्वभर फैलिएको कोभिड १९ को हाल सम्म औषधी पत्ता नलागेको र अहिले यो रोगवाट बच्नका लागि लकडाउन गर्नुपरेको सन्दर्भ जोड्दै नगरप्रमुख राईले विपन्न समुदायलाई रोगले मात्र नभई भोकले समेत मर्नुपर्ने अवस्था आउनसक्ने भन्दै यसको जोहोमा नगरपालिका लागिरहेको वताउनुभयो ।
यो रोगवाट निम्तिएको समस्या समाधानका लागि नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषको राष्ट्रिय बाणिज्य बैकको शाखा कार्यालय लेटाङमा खोलिएको बैक खाता नं. २४५००००६७००१ मा राहतको लागि नगद सहायता गर्न ईच्छुक व्यक्ति, संघ संस्था, सामुदायिक वन तथा सहकारी संस्थाहरु लगायत तथा आम नगरवासिमा नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्न सकिने लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत दहालले जानकारी दिनुभयो ।
साथै खाध्यान्न र सामाग्रीहरु सहायता गर्न ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुले सावुन, चामल, दाल, नुन र तेल जस्ता सामाग्रिहरु नगरपालिका तथा वडा कार्यलयमा जम्मा गर्न सक्ने मेयर राईले जानकारी दिनुभयो । प्राप्त सामग्रीहरु आवश्यकता अनुसार एकद्वार प्रणालिवाट वितरण गरिने समेत उहाँले बनाउनुभयो ।
दैनिक उपभोग्य वस्तुहरु विक्रेताले विक्रि वितरण गर्दा सकेसम्म प्याकेज वनाई १.५ मिटर दुरी कायम गरि विक्रि वितरण गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ लेटाङलाई अनुरोध गर्ने र सोको अनुगमन नगरपालिका, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघवाट नियमित गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको मेयर राईले जानकारी दिनुभयो ।
नाेबेल कोरोना भाईरसको संक्रमण फैलिन नदिनको लागि आवश्यकता अनुसार क्वारेन्टाईन थप गर्न सम्पुर्ण सामुदायिक वनका भवनहरु, नगरक्षेत्रका सामुदायिक भवन तथा क्षेत्रिय कृषि तालिम केन्द्र लेटाङको भवन प्रयोग गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ