मनिषाकाे निधन

Letang Khabar शनिबार, चैत्र ०१, २०७६

 गायक भएको हेर्ने बाबा आमाको रहरमा तुसारापात

डम्बर सिन्चिउरी

लेटाङ्ग, १ चैत्र ।  साहित्यकारको सिर्जनामा  भनिए झैं ” आयो मिति पुग्यो टप्प टिप्यो लग्यो , टारेर टर्दैन त्यो । दैवै लाखौं विन्ति गरून् , झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो ।” साँचै नै आज त्यस्तै भएको छ मोरङ्गको लेटाङ्ग ९ जाँते बाह्रकोठेका टेकवीर लिम्बूको परिवारमा । खाउँखाउँ- लाउँलाउँको उमेर सँगै हुर्कन्दै गरेकी १३ वर्षे   छोरी मनिषा लिम्बूलाई आज शनिवार दिउँसो बाबा आमाकै काख बाट दैवले  टपक्कै टिपेर लगेको छ । आजका मिति देखि उनी हामी सँग भौतिक रुपमा रहिनन् नै ।

रह्यो त केवल उनका कलकलाउदा खुट्टाले उफ्री खेली हिनेको झल्को । डुलेका , तोते बोली बोलेका आवाजहरु को गुन्जन । गायक बन्छु म भन्दै सुरीलो स्वरमा गाएका गितका स्थायी र अन्तराका झल्कोहरु ।अनि गाएक बनेर धेरै पैसा कमाउँछु । मेरा बाबाआमा लाई यहि गाँउमा तलैतलाको घर बनाएर राख्छु , बाबा तपाईलाई कस्तो रंग भएको घर मन पर्छ भन्दै सोधेको आदि आदि शब्दहरु । ती आशाका त्यान्द्राहरुलाई सबै तुसारोले जरै बाट समुल नष्ट गरिदिएको छ ।

छोरीको झल्कोमा उनका बाबा गला अबरुद्ध र आँखा रसिलो बनाउँदै भन्दै थिए , मेरा पाँच सन्तान भध्ये छोटो आयु लिएर आएकी रहिछ यो मनिषा , बढ्न पनि अति नै हलक्क बडेकी थिई । पढाइ पनि असाद्यै राम्रो थियो । रुपमा  पनि राम्री र कलामा पनि उतिनै सिपालु मनिषा नै थिई । यसैलाई नै किन यति कलिलैमा दैवले पनि मन पराउनु परेको ? मैले त केही पाप गरे जस्तो त लागेको थिईन त ?

उनिलाई नत रोक्न सक्यो बाबाआमाको मायाले । नत रोक्यो साथिसंगिको साथले , नत छेक्यो देश विदेस बाट उनको उपचारका लागि सहोगिहातहरु बाट प्राप्त भएको लाखौंको सहयोगले । आखिरमा दैवले उनीलाई हामी सबैको अगाडि बाटै चटक्कै चुडेर लग्यो ।खै कस्को के नै लाग्दो रहेछ र ?

जे भए नि , जहाँ भए नि मनिषा तिम्रो आत्माले सदा बैकुण्ठमा बाँस पाओस । तिम्रो आत्माले चीरशान्ति पाओस । हाम्रा सहयोगी हातहरुको सहयोगले त तिमिलाई हामी सँगै राख्न सकेनौं तर हाम्रा कामनारुपी शब्दान्जलीले भने तिमिलाई सयौं जुनि शान्ति रहन पुगोस । यहि छ तिमीलाई हामी तिम्रा शुभचिन्तक एवं शखिहरुको तर्फबाट हार्दिक श्रद्धान्जली साथै यस शोक को घडिमा शोक सन्तप्त परिवारजन प्रति पनि हार्दिक समवेदना व्यक्त गर्दछौं ।

के हो त मनिषाको वास्तविकता ???

जब आज भन्दा तीन वर्ष अघि उनी १० वर्षको कलिलो उमेरमा कक्षा ४ मा पढ्दै थिईन । साथि सँग खेल्ने क्रममा उनको बायाँ कुम सँगै नाडिमा भित्रीरुपको सानो चोट लागेको अनुभव भयो । त्यतिबेला पारीवारीक दुख सहन गर्ने उपाय खोज्दै तत्कालिन जाँते ९ बाह्रकोठेको नयाँ खोरीया फडानी गरेको घना जंगल सँगै जोडिएको सानो बेरा विनाको झुप्रे घरमा मनिषा सहित ७ जनाको परिवारलाई छोडेर उनका बाबा मलेसियामा थिए । खर्च अभावका कारण उनको हातमा भएको चोटको समयमा उपचार हुन सकेन। मनिषा पनि केटाकेटी मान्छे खेल्ने क्रममा जति पटक लड्छिन् सोही चोटमा पुनः चोट लाग्दै जाने क्रम पनि बढ्दै गयो । खर्च अभावमा उनको उपचार पनि दुखाई कम पार्नेमा मात्र प्रेरित भए झै स्थानिय क्लिनिक तथा नजिकैको मंगलबारे स्थित मंगलबारे स्वास्थ्य अस्पतालमा मात्र सिमित हुन पुग्यो । तर हातमा लागेको  चोट भने बिसको उन्नाईस हुनुको सट्टा भित्रिरुपमा  बाईस तेईस तर्फ बढेको थाहै भएन । सोहि चोट नै बढ्दै गएर नानीको  हातै चलाउन नसक्ने भए पछि केही खर्च जुटाएर नोवेल अस्पतालमा जँचाउन पुगे पछि भने  बोन क्यान्सरमा परिणत भए को पत्ता लागेको थियो ।

जब रोग पत्ता लाग्यो ,तब मात्र लिम्बू परिवारमा ठुलै बज्र परे झै भयो । परिवारिक रुपमा ठुलै खैला बैलाशुरु भयो । बैदेशिक रोजगारीमा रहेका बाबालाई पनि खबर भयो । तत्पश्चात भने थप उपचार गराउन विपिकोईराला क्यान्सर अस्पताल चितवन भरतपुर पुराईयो । अब उपचार सँगै शुरुभयो खर्च को चटारो । भएभरको खर्च जुटाउदा पनि एक पटकको किमो सहितको उपचार पनि जुटाउन नसकेपछि भने बैदेशिक राेजगारिमा मलेशिया बसिरहेको आफ्नो जागिर पनि धरापमा परेको अनुभव गर्न थाले मनिषाका बाबाले । छोरीको उपचारको खर्च जुटाउन आफै नेपाल आउने कि जागिर खान मलेसिया नै बस्ने ? नेपाल आउँदा पनि खर्च कसरी जुटाउने , नआउँदा पनि छोरीकोउपचारमा कसरी सहयो गर्ने  भन्ने निर्णय गर्नै सकेनन् । यसै विच मिडया प्रयोग गरेर खर्च जुटाउने उपाए बिदेसमै बस्ने साथि बाट सल्लाहा पाए । अब टेक वीरले पनि विदेश बाटै फोन गरेर स्थानिय पत्रकार डम्बर सिन्चिउरी मार्फत छोरी सहित आफ्नो घरायसी स्थिति दर्साएर एउटा भिडियो बनाएर प्रकाशन गरियाे । पत्रकार सिन्चिउरीले मनिषा कै घरमा गएर तत्कालै लगभग १५ मिनेटको भिडियो बनाएर संजालमा अपलोड गरिहाले  । त्यति बेला सम्म मनिषाको दोश्रो पटकको किमो थेरापी शुरु भै सकेको थियो ।

अब आज भोलि गर्दै जब भिडियो भाईरल बन्दै गयो ,मनिषा बचाउ अभियान कर्ताले पनि विभिन्न कार्यक्रम र तामझामका साथ रकम संकलन हुन थाल्यो । अब भने मनिसालाई देश तथा बिदेश बाट लाखौं रकम संलन हुनथाल्यो । जब मनिषाको उपचारमा रकम संकलन हुन थाल्यो । तब थप उपचारहुँदै गयो । उपचारकैक्रममा मनिषाको बाँया हात समेत काट्ने सल्लहा डाक्टर बाट आयो । यतिनै बेला मनिषाका बाबा पनि अचानक मलेसिया बाट सिधै भरतपुर अस्पताल आईपुगे ।  डाक्टर बाट यस्तो सल्लाहा पाए पछि टेक वीर छोरीको ज्यान भन्दा ठुलो हात हैन भन्ठानेर डाक्टरलाई छोरीको हात काटेर भएनी बँचाईदिन आग्रह सहित अनुमति समेत प्रदान गरे । यसरी जब हात काटियो ,तब देखि उपचारको क्रम पनि ढिला ढिला हुन थाल्यो । उपचार ढिला गर्नुको कारण थियो छोरीको स्वास्थ्यमा सुधार आउनु । जब टेक वीर छोरीको स्वास्थ्यमा सुधार आयो अनि उनी पनि खुसि साथ नेपालमै व्यापार गर्न थाले । यसरी खुसि साथ गायन कला सिक्दै गरेकी मनिषा र सानो तिनो भए पनि व्यापार गर्दै गुजारा गर्दै गरेको लिम्बू परिवारमा अचानक बज्र पात पर्यो । ६ महिना अघि मात्र अचानक मनिषामा सास फेर्न असजिलो हुने विराम देखापरे पछि पुनः काठमाण्डौंको क्यान्स अस्पतालमा चेक जाँचको क्रममा उनको फोक्सो नै निल हुनलागेको डाक्टरले बताए । त्यस पश्चात् भने मनिषालाई डाक्टरले घरै लाने सल्लाहा दिए । यसरी घटना क्रमले कोल्टे फेर्याे ।  मनिषालाई घरमै ल्याएर निगरानिमा राख्ने क्रममै आज शनिबार दिउँसो १२ बजेको समयमा उनले सदाका लागि हामी तपाईलाई छोडेर गएकीछन् ।पुनः अलविदा मनिषा , 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ