साउदी जेलमा रहेका प्रेम राई बचाउन तेह्रथुमका थापा दम्पत्तीद्धारा ५ लाख सहयोग |{भिडियो सहित}

Letang Khabar सोमबार, बैशाख १०, २०७५

काठमाडौँ / बैदेसिक रोजगारीको सिलसिलामा बिगत ६ बर्ष अघि साउदी अरब पुगेका इलाम माइनगरपालिका ४ का प्रेम बहादुर राई   दुईवर्ष अगाडि झुटो मुद्दामा जेल परेका छन्   कामगर्ने कम्पनीको समान चोरी भएपछि राईलाई दोेषि ठहर गर्दै अदालतले जेल र ५० कोर्रा सजाय सुनाएको थियो । अदालतले यस्तो सजाय सुनाएको भएपनि कम्पनीले आफ्नो सामानको क्षतिपूर्ति भराईपाउँ भनेर निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा अदालतले राईलाई नेपाली  (झण्डै ९५ लाख रुपैयाँ) कम्पनीलाई क्षतिपूर्ति दिन भन्दै फैसला गरेको छ |

एक नेपालीलाइ पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ सम्पत्ती जतिसुकै भएपनि सहयोगी  मन हुनुपर्छ भन्दै लामो समयबाट सामाजिक सेवामा रहेर बिभिन्न दुखि पिडितको सेवा गर्दै  आज सम्म ५० लाख भन्दा बढी सहयोग गरि गरेका तेह्रथुम मेन्छयेम गाउँपालिका वडा नं ६ घरभई १५ वर्षदेखि अमेरिकामा बस्दै आएका  समाजसेवी  दम्पत्ती हेम थापा तथा माया थापा द्वारा   बन्दी जीवन बिताइरहेका प्रेम राइको  जीवन बचाउनका लागि आर्थिक सहयोग स्वरूप  ५ लाख रुपैया सहयोग गरेका छन् |

समाजसेवी दम्पतिले  एबिसी टेलिभिजनबाट प्रसारण हुने  इन्द्रेणी कार्यक्रम  संचालक  गर्ने कृष्ण कंडेलको नाममा उक्त रकम पठाएका थिए  आजै कार्यक्रम इन्द्रेणी मार्फत प्रस्तोता कृष्ण कंडेलले उक्त सहयोग रकम जम्मा भएको बताएका छन्  भिडियो सहित ..

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ