‘धरानको नतिजा जनताको जित हो’ -डिगवहादुर लिम्बु

Letang Khabar मंगलबार, मंसिर १७, २०७६

बिराटनगर । नेपाली काँग्रेसबाट धरान उपमहानगरपालिकामा उपनिर्वाचनबाट मेयर पदमा विजयी कांग्रेसी नेता तथा पूर्व साँसद डिगबहादुर लिम्बूले बधाई तथा शुभकामना दिनुभएको छ ।
पार्टीको मोरङ सभापति समेत रहेका लिम्बूले धरानवाशीको जित भएको बताउनुभयाे । उहाँले सामाजिक सन्जालमा लेख्नुभएकाे  छ, बिजय एउटा सुखद क्षण पनि हो,जस्ले असिम आनन्द दिन्छ। नेपाली काङग्रेसका मेयर पदका उमेद्वारको जित धरान उप – महानगरबासी जनताहरुको जित हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास,नेपालको संबिधानको कार्यान्वयन,धरान र आसपासका क्षेत्रको बिकास होस भन्ने उत्कट अभिलाषाको प्रतिफल हो यो परिणाम ।
यो जितलाई कसैले हल्का रुपमा लिनु नहुने उहाँले बताउनुभएकाे छ  ।
मेयर पदमा तिलक राईलाई बिजयी गराउनु हुने सबै मतदाता एवं शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरु,पार्टीका नेता कार्यकर्ता साथीहरुलाई धन्यबाद दिद उनले सफल कार्याकालको शुभकामना दिनुभएकाे छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ