नगर कांग्रेसले मनायो १०५ औ विपि जयन्ती , नेकपाका पिएम नेपाली कांग्रेसमा प्रवेश

Letang Khabar शुक्रबार, भाद्र २०, २०७६

लेटाङ २० भदौ । १०५ औ विपि जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस लेटाङले कार्यक्रम गरेको छ । आज जनसेवा सामुदायिक बनको सभाहलमा नेपाली कांग्रेस मोरङका सहसचिव तथा सुन्दरहरैचा नगर प्रमुख शिव ढकालको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस महासमिति सदस्य तथा लेटाङ नगरप्रमुख शंकर राईको विशिष्ठ आतित्थ्यतामा कार्यक्रम गरिएको नेपाली कांग्रेस लेटाङका सचिव कुवेर पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विपि कोईरालाको नेपाली राजनीतिमा देखाएको भुमिकाको विषयमा चर्चा गरिएको थियो ।
नेपाली कांग्रेस लेटाङका सभापति राजकुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका कांग्रेसमा आस्थावानहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेकपाका पिएम रहका गंगाराम दर्जि , स्थानिय चुनावमा तत्कालिन एमाले वाट वडा नं. ३ को वडा सदस्यकी उमेद्वार विमला माया दर्जि , राप्रपा पार्टीका नगर सचिव भुवन दर्जि , तत्कालिन माओवादीका लडाकु रामप्रसाद पौडेल लगायतका व्यत्तिहरु नेपाली कांग्रेस पाटीमा प्रवेश गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ