लेटाङ नगरपालिकाद्वारा ८९जना बिरामीलाई जनही १० हजार उपचार सहयोग प्रदान

Letang Khabar आइतबार, बैशाख ०९, २०७५

प्रशान्त निरौला –––
लेटाङ, बैशाख ९ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले क्यान्सर,मिर्गाैला, मुटु र फोक्सो लगायतका दीर्घरोगीको जीवन यापनका लागि मासिक ५ हजार रुपियाँ खर्च दिने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् ।
आइतबार नगरपालिकामा आयोजित विपन्न नागरिक स्वास्थ्य उपचार सहयोग कार्यक्रममा ३९ जना रोगी बिरामीलाई जनही १०/१० हजार रुपियाँ उपचार सहयोग प्रदान गर्दै उनले पूर्ववर्ती सरकारले गरेको घोषणा कार्यान्वयन भए गरिव र विपन्नले सजिलो गरी बाँच्न पाउने बताए । उनले सधैं उपचार सहयोग गर्ने भन्दा समयमै रोगको निदानका लागि नगरपालिकाले बेला बेलामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । उनले भने– रोगीहरूको संख्या घट्यो भने ,नगरपालिलाई आर्थिक दायित्व मात्र घट्दैन ,नगरवासीले पनि दीर्घजीवन पाउनु हुन्छ । नगरपालिकामा जनप्रतिनिधि आएको बोध हुने गरी सहयोग गर्ने ईच्छा भए पनि नगरको सिमित स्रोत र साधनले थोरै मात्र सहयोग गर्न सकेको राईको भनाई थियो । नगर प्रमुख राईले अहिले प्रदान गरेको रकम पनि अर्कै कोषबाट रकमान्तर गरेर प्रदान गरिएको उल्लेख गरे । यस अघि ४० जना विरामीलाई जनही १० हजारका दरले सहयोग दिइसकेको उनले बताए ।
उप प्रमुख कृष्णकुमारी निरौलाले नगरका विपन्न नागरिकलाई उपचारमा सहयोग पुगोस भनेर नगद प्रदान गरिएको बताइन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलले आगामी वर्ष देखि विपन्न नागरिक स्वास्थ्य उपचार कोष गठन गरी विपन्नलाई उपचार सहयोग गर्ने बताए । निर्देशिका र कार्य विधि बनाएर नै उपचारको रकम वितरण गर्ने उनको भनाई थियो । क्यान्सरका बिरामी नीरबिक्रम किरातीले कार्यक्रममा बोल्दै नगरपालिका विरामीको अविभावक भएको भन्दै खुशी प्रकट गरे ।
नगद प्राप्त गर्नेहरूमा क्यान्सर,मिर्गाैला, मुटु र फोक्सोका बिरामी रहेका छन् ।
उपचार सहयोग लिन धेरै जसो बिरामी स्वयं उपस्थित भएका थिए । केही बिरामीका आफन्तले रकम बुझेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ