विनोद चौधरीलाई भूमिका दिन कांग्रेसमा दबाब

Letang Khabar सोमबार, साउन २७, २०७६

 

काठमाडौं, २७ साउन । नेपालका एक मात्र डलर अर्बपति डा। विनोद कुमार चौधरी व्यापार व्यवसायसँगै अहिले राजनीतिमा पनि सक्रिय छन् ।

उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् । चौधरीको यो पहिलो संसदीय अनुभव भने होईन् । यसअघि उनी तत्कालिन नेकपा एमालेबाट संसद भैसकेका थिए । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीसँग सुमधुर सम्बन्ध रहेका चौधरीले उनकै कारणले आफूलाई एमालेमा सक्रिय बनाएका थिए । नेपालको राजनीतिलाई नजिकबाट नियालेका चौधरीले कांग्रेस रोज्नुमा उसले लिएको उदार आर्थिक नीति नै मुख्य रहेको बुझिएको छ । कांग्रेस महामन्त्री डा। शशांक कोइरालासँग सुमधुर सम्बन्ध रहेका चौधरीलाई विशेष भूमिका दिनुपर्ने आवाजसमेत कांग्रेसभित्र उठेको छ । उनको नाम समानुपातिक सूचिमा राख्दा नै कांग्रेसले उद्योगी व्यवसायी र कुशल व्यवस्थापकको रुपमा उनलाई स्वागत गरेको जनाएको थियो । अर्थतन्त्रमा कांग्रेसले लिएर आएको उदारवादी अर्थतन्त्र अभियानमा सघाउन‍ चौधरीले कांग्रेसलाई साथ दिएका थिए । चौधरीलाई केन्द्रिय कार्यसमितिमा ल्याउनुपर्ने आवाज कांग्रेस महामन्त्री कोइरालामात्रै नभएर अन्य प्रभावशाली नेताहरुले समेत उठाउँदै आएका छन् ।

भारतका लागि पूर्वराजदुत तथा कांग्रेस नेता दिपकुमार उपाध्यायले पनि चौधरीलाई विशेष भूमिका दिनुपर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चौधरीलाई उद्योग वा आर्थिक विभागको नेतृत्व दिनेगरि जिम्मेवारी दिनुपर्ने बताएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ