लेटाङमा २५ औ विश्व आदिवासी दिवश भव्यताका साथ मनाईयो

Letang Khabar शुक्रबार, साउन २४, २०७६

प्रशान्त निरौला
लेटाङ २४ साउन । २५ औ विश्व आदिवासी दिवश भव्यताका साथ मनाईएको छ । लेटाङ नगर समन्वय परिषदको आयोजनामा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका स्थानयि जातिय संस्थाहरुले झाकी सहित नगर परिक्रममा गरेका थिए । आदिवासी जनजातिहरुको हक अधिकार र कर्तव्य वोध हुने खालका प्ले कार्ड वोकेर नगरको परिक्रममा गरिएको थियोे । महासंघले समावेसिताका लागि हाम्रो आन्दोलन भन्ने नारा सहित देशभर यो दिवश मनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको थिया । कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले आदिवासीजनजातिहरुको हक अधिकारका प्रति आफु जानकार रहेको वताउनदै सरकारले आदिवासी जनजातिहरुलाई सम्बोधन गर्न जरुरी रहेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल , समाजसेवी ईन्द्र मावोहाङ , वडा अध्यक्ष देवराज चाम्लिङ , आदिवासी जनजातिका अभियन्ताहरु तथा स्थानिय समाजसेवाीहरु सहित स्थानिय आदिवासी जनजाति समुदायको वाक्लो उपस्थिति रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ