लेटाङ २२ साउन । आगलागि पिडित ३ परिवारलाई लेटाङ नगरपालिका , नेपाल रेडक्रस सोसाईटी र टोल विकास संस्थाले नगद र राहत सामाग्री सहयोग गरेका छन् । आज पिडितहरुहरु संग पूगेर राहत हस्तान्तरण गरिएको हो ।
लेटाङ नगरपालिकाले प्राथमिक उपचार तथा आवश्यक सामाग्री किन्नका लागि भनेर प्रति परिवार ५ हजारका दरले १५ हजार रुपैया नगद सहयोग गरेको छ । त्रिपाल , डसना लगायतका ओछ्याउने सामाग्री सहयोग गरेको छ ।
यस्तै नेपाल रेडक्रस सोसाईटि मोरङ शाखाले पिडित परिवारलाई भाँडाकुडा , लत्ताकपडा तथा खाद्य सामाग्री सहयोग गरेको छ ।
घुम्ति टोल विकास संस्थावाट नगर १० हजार ३ परिवारलाई वितरण गरेको छ । साथै संस्थाले खाद्य सामाग्री र लत्ताकपडा समेत सहयोग गरेको हो ।
लेटाङ नगरपालिकाले पिडितहरुलाई थप सहयाेग गर्ने नगर प्रमुख शकर राईले जानकारी दिनुभयाे । घर निर्माणमा सवै जना एकजुट भएर सहयाेग गर्न समेत आग्रह गर्नुभयाे ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्बु , लेटाङ नगरपालिकाका प्रमुख शंकर राई , उपप्रमुख कृष्णकुमारी निरौला , रेडक्रस मोरङका सभापति सुवोध सिंह लगायत वडा अध्यक्षहरु तथा जनप्रतिनिधीहरु उपस्थिति रहेको थियो ।
आज विहान विद्युत सर्ट भई लेटाङ नगरपालिकाको वडा नं. ६ घुम्ती टोलका मेस बहादुर गजमेरको भान्सा घरबाट सल्किएको आगोले छिमेकी चन्द्र माया मगर र भक्त राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
विपन्न परिवारका उनिहरुको वास उठेपछि पहिलेकै अवस्थामा फर्काउनका लागि सवैले सहयोग समेत गर्ने वेला आएको छ ।