लेटाङको घुम्तिमा आगलागि हुँदा २ घर जलेर नस्ट

Letang Khabar मंगलबार, साउन २१, २०७६

लेटाङ २१ साउन । लेटाङ नगरपालिका वडा नं. ६ घुम्तिमा विद्युत सर्ट भई आगलागि हुँदा करिव ५० लाख वरावरको क्षति भएको छ । मेसबहादुर गजमेरकोे भान्साबाट विद्युत सर्ट भई आगो उठेको प्रहरीले जनाएको छ ।

भान्सावाट आगो सल्किदा भान्सा नजिकैमा रहेको छिमेकीहरु भक्त राई , डोल प्रसाद मगरको घरमा आगो लाग्दा दुई घर पूर्ण रुपमा क्षति भएको छ भने गजमेरको भान्सा कोठा पूर्ण रुपमा जलेको छ ।

विहान करिव ४ः ३० वजे तिर उक्त घट्ना भएको हो ।सुन्दरहरैचा नगरपालिका वाट आएको दमकल , ईलाका प्रहरी कार्यलय लेटाङ , नेपाल आर्मी, लेटाङ नगरपालिका र स्थानियको सहयोगमा आगो एकघण्टा पछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय लेटाङका पहरी नायव निरिक्षक दिपक कटुवालले जानकारी दिनुभयो ।

आगलागि पिडितहरुलाई तत्कालका लागि प्रसंसा चर्चमा खाने वस्ने व्यवस्था गरिएको वडा अध्यक्ष जंगवीर तामाङले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ