बाढीले क्षति गर्दा लेटाङमा खानेपानीको चरम अभाब

Letang Khabar बुधबार, साउन ०८, २०७६

 

लेटाङ ८ असार । अविरल बर्षा संगै आएको बाढीले पाईप बगाउदा लेटाङमा खानेपानीको चरम अभाब भएको छ । लेटाङ खानेपानी तथा सरसफाई उपभोक्ता समुहद्धारा सञ्चालनमा रहेको खानेपानीको मुहानमा क्षति पूगपपछि खानेपानीको चरम अभाब भएको हो ।

गएराती बर्षा संगै आएको पानीले पाईप वगाउदा खानेपानीको समस्या भएको हो । लेटाङ खानेपानीले सञ्चालन गरिरहेको २ बटा बोरिङ समेत चट्याङ लागेर जले पछि खानेपानीको चरम समस्या भएको लेटाङ खानेपानीका सचिब ज्वाला कोईरालाले जानकारी दिनुभयो । उहाँले खानेपानी अभावका बाबजुत बेलुका केही समय पानी उपलब्ध गराउने भएकाले पानीको संरक्षण गर्दै पानीलाई प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।

भारी बर्षाका कारण कहाँ समस्या भएको हो भन्ने पत्ता समेत नलागेको कारण समस्या समाधान हुन कठिन भएको वडा नं। ६ का वडा अध्यक्ष जंगवीर तामाङले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिका वडा नं। २,३,४,५ र ६ का करिव २० हजार जनतालाई खानेपानीबाट बन्चित भएका छन् ।

यस्तै जाँते खानेपानीको पाईप बगाउदा लेटाङ नगरपालिका वडा नंं ८ र ९ का करिव १० हजार जनसंख्या खानेपानीको समस्या भोग्न बाध्य भएका हुन् ।जाँते खानेपानीको मुहानमा ल्याइएको पाईप वगाएको र पाइप बिस्रतार गरिएको ठाँउमा पहिरो समेत गएपछि खानेपानीको समस्या भएको जाँते खानेपानीका कार्यलय सचिव प्रेम राईले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ