मोरङबाट गाँजा र झापाबाट खैरो हेरोईन सहित ४ पक्राउ

Letang Khabar सोमबार, साउन ०६, २०७६

विराटनगर, श्रावण ०६ गते ।प्रतिबन्धित लागूऔषध सहित मोरङ र झापाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मोरङको केरावारी गाउँपालिका-१० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजा सहित सोही ठाउँ बस्ने बर्ष १८ को गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो । सोमवार बिहानको राती २ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला पारि दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी आईतवार साँझ ६:४० बजे झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको हो । लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिका-१० फिक्कल बस्ने बर्ष ३१ को अमित लिम्बु र झापा बुद्धशान्ति गाउँपालिका-४ बस्ने बर्ष २१ को किशन बेगालाई पक्राउ गरको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनिहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ