लेटाङको वजेट पारित

Letang Khabar बुधबार, साउन ०१, २०७६

लेटाङ ३१ असार । लेटाङ नगरपालिकाको ५ औ नगरसभाले ५० करोड ८६ लाख ५७ हजार रुपैयाँको बजेट पास गरेको छ । नगरप्रमुख शंकर राईको अध्यक्षता वसेको नगरसभाको खुल्ला सत्रमा प्रस्तुत गरिएको वजेटलाई बन्दसत्रमा बहुमतले पारित गरेको हो ।
नगरसभाले चालु खर्च अठ्ठाईस करोड त्रिहत्तर लाख बहत्तर हजार पाँचसय र पूँजिगत खर्च बाईस करोड बाह्र लाख चौरासी हजार पाँचसय रुपैया छुट्याएको छ ।

नगरसभामा प्रमुख अतिथि रहनुभएका पूर्व प्रधानपञ्च निरविक्रम किँरातीले नगरको बजेट अग्रगामी भएको प्रतिक्रिया दिनुभयो । उहाँले नगरसभा बहिस्कार गरेका नेकपा तर्फका जनप्रतिनीधिहरुलाई बार्ताको माध्यम बाट समस्या समाधान गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि समाजसेवी ईश्वरी कोईरालाले बजेटमा कृषि तथा पशुपालनमा धेरै कार्यक्रम ल्याउन जरुरी रहेको औल्याउनुभयो ।

दुई पत्रकार चार मिडिया सम्मानित

यस्तै लेटाङ नगरपालिकाले पत्रकार डम्बर सिन्च्युरी र विकास आचार्यलाई सम्मान गरेको छ ।
एरिना टिभि र हिमशिखर टिभिमा कार्यरत पत्रकार द्धयलाई नगरको विकासमा टेवा पूग्ने गरी समचार तथा सुचना प्रसारण गरेकाले सम्मान गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
नगरपालिकाले लेटाङ नगरपालिका वाट सञ्चालनमा रहेका च्यानल एलएम , लेटाङ खबर डटकम , १०१ नेपाल र पाथिभरा मिडियालाई समेत सम्मान गरेको हो । आफ्ना मिडियाहरु वाट नगर विकासमा योगदान पूर्याउने सुचना तथा समचारहरु वाट सहयोग भएको भन्दै सम्मान गरिएका जनाईएको छ ।

पाँचौ नगरसभाका क्रममा पत्रकारिताको माध्यमवाट योगदान पूर्याएको जनाउदै पत्रकार र मिडिया हाउसलाई सम्मान गरिएकोे हो ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ