चिसाङको बाढीले लेटाङको जनजीवन प्रभावित

Letang Khabar आइतबार, साउन २६, २०७६

विकास आचार्य

लेटाङ २९ असार । १ हप्तादेखिको लगातारको वर्षाका कारण चिसाङ खोलामा आएको बाढीले लेटाङको जनजीवन प्रभावित भएको छ ।

लेटाङको चिसाङ र तेली खोलामा आएको बाढीले खोला छेउमा रहेका खेतीयोग्य जमिन कटान गर्नुका साथै चिसाङ खोलाको छेउमा रहेका विरन, कमलपुर र कीर्तिमानमा खोला पस्ने सम्भावना बढिरहेको छ ।

लेटाङ नगरपालिकामा रहेका भुवा जनता विकास पैनी, चिसाङ जनविकास पैनी, चिसाङ केभोलेन, तेली गडामे पैनी, टेक्राहा पैनीमा बाढीका कारण क्षति भएको छ ।

लेटाङमा सञ्चालित लेटाङ खानेपानी तथा जाँते खानेपानीको मुहान बगाउँदा खानेपानीको अभाव भएको छ ।

खोला छेउका बस्ती जोखिममा परेको भन्दै चिसाङ खोलाको छेउछाउमा रहेका बस्तीका बासिन्दालाई सचेत रहन लेटाङका नगरप्रमुख शङ्कर राईले आह्वान गरेका छन् । चिसाङ खोलाको विरनदेखि दक्षिणी कमलपुर तथा कीर्तिमान र वडा नं। २ को केही भागमा खोला बढेर बस्ती छिर्ने सम्भावना रहेको नगरप्रमुख राईले बताए ।

खोलाको बाँध भत्किने क्रम शुरु भएको र पानीको बहाब बढिरहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको छ । हाल सो स्थानमा नेपाली सेना र इलाका प्रहरी कार्यलयको उद्धार टोली तैनाथ रहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ