नयाँ वर्षको अवशरमा उपसभामुखलाई लेटाङ नगरपालिकाको शुभकामना

Letang Khabar शुक्रबार, बैशाख ०७, २०७५

प्रशान्त निरौला
लेटाङ ७ वैशाख । लेटाङ नगरपालिकाको आयोजनामा नयाँ वर्ष २०७५को शुभकामना तथा उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फे र मोरङ १ का सांसद घनश्याम खतिवडालाई वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेलाई समेत निमन्त्रणा गरिएको कार्यक्रममा उनि अनुपस्थित थिए । निर्वाचनको लामो समयपछि शुभकामना कार्यक्रम आयोजना गरेकोमा माफी माग्दै नगरप्रमुख शंकर राईले माननीय ज्युहरुको व्यस्ततालाई मध्यनजर गरेर कार्यक्रम तय गर्नुपर्ने भएकोले कार्यक्रम ढिला भएको वताए ।
लेटाङ नगरपालिकाले आगलागि वाट घरविहिन वनेकी लेटाङ २ की जुरामायाँ राई लाई प्रमुख अतिथी उपसभामुख तुम्वाहाम्फेको वाहुलीवाट टिन समेत वितरण गरेको थियो ।
कार्यक्रममा प्रमुख अथितीको मन्तव्य राख्दै उपसभामुख तुम्बाहाम्फेले विभिन्न समयमा विभिन्न प्रसंगमा भेट भएको कहिले चुनावको दौरानमा त कहिले चुनावी प्रतिस्पर्धामा भेट भएको भन्दै हासीखुसी विदा गरेको वताईन । ७४ साललाई निर्वाचन वर्षको रुपमा समेत लिएर विदा लिएको र नयाँ वहार संगै काम गर्ने वताईन । उपसभामुख भएपछि तठस्त भएर लाग्ने वताईन । ऐन कानुन वनाउनका लागि सवै जनतालाई समान दृष्टिवाट अगाडी वढाउने वताईन् ।
शिक्षा ,स्वास्थ्य ,विकास , सामाजिक रुपान्तरणका निम्ति आफुले खेल्नुपर्ने भुमिका निर्वाह गर्ने वताईन् र सवैलाई सोही अनुरुप लाग्न आह्वान समेत गरिन । उनले सवै नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई नयाँ वर्षको शुभकामना र आयोजक लेटाङ नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी तथा संघिय सांसद घनश्याम खतिवडाले छलफल गरेरै प्याकेजमा कार्यक्रम ल्याउने वताए । लेटाङ नगरपालिकामा राष्टिय स्तरका योजना के हुन सक्छन भनेर छलफल गरिरहेको वताए । आफु पुर्व लेटाङको अध्यक्ष समेत भएकोले धेरै काम गर्नुपर्ने कुरामा आफु जानकार रहेको वताए । स्थानिय सरकारलाई अधिकार सम्पन्न वनाउन समेत आफु लागेको वताए । स्थानिय सरकार राष्टको जग भएकोले आधारभुत कामहरु व्यवस्थित गरेर अघि लानु पर्ने वताए ।
कार्यक्रमको समापन गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले केन्द्र र जिल्लाका नितिनियम वाझिएकाले विकास निर्माणको काम गर्न अप्ठ्यारो भएको वताए । अक्तियारकोे कट्घरामा पर्ने सक्ने खालका नियम काम समेत हुने भन्दै वाधा फुकाईदिन आग्रह गरे ।
लेटाङ नगरको विकासका लागि प्रदेश र केन्द्रीय सरकारले विशेष ध्यान दिन अनुरोध गरे । जनताले आशा गरे अनुरुपको काम गर्नका लागि समेत सवैको सहयोग अपरिहार्य रहेको उनले वताए । जाँते पथरी र वेलवारी राजारानी पर्यटन क्षेत्रको सडकको डिपीआर तयार गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै परियोजना ल्याईदिनका लागि उपसभामुख र सांसदलाई निवेदन गरे । उनिले नयाँ वर्षको शुभकामना समेत व्यक्त गर्दै धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ