प्रशान्त निरौला
लेटाङ १७ असार । “स्वरोजगार उद्यमशिलताको लागि आवश्यकता र ईच्छा अनुसारको शिक्षा” भन्ने नारा सहित लेटाङ नगरपालिकाले उपकरण वितरण गरेको छ ।
लेटाङ नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ लेटाङको सहआयोजनामा भएको सो कार्यक्रममा लेटाङ नगरपालिकाका २२ घरेलु तथा साना उद्योगीहरुलाई २२ थान उपकरण वितरण गरिएको हो ।
लेटाङ नगरपालिकाका मेयर शंकर राईले आईतवार जनसेवा सामुदायिक वनको सभाहलमा आयोजित उपकरण वितरण कार्यक्रममा २२ जना घरेलु तथा साना उद्योगीहरुलाई उक्त उपकरणहरु वितरण गर्नुभयो ।
घरेलु तथा साना उद्योग महासंघ लेटाङले छनौट गरेका २२ जना उद्योगीहरु मध्ये आरन उद्योग सञ्चालन गर्ने देवकुमार राई सहित १० जनालाई ग्रेन्डर मेसिन , डिल्लीराम ढकाल सहित राईस मिल सञ्चालन गर्ने ७ जनालाई डिजिटल काटाँ , गृल उद्योग सञ्चालन गर्ने २ जनालाई वेल्डिङ मेसिन , पिठो वनाउने उद्योग सञ्चालन गर्नेलाई मेसिन १ थान ,गृल उद्योगीलाई आल्मोनियम कटर मेशिन र खाद्य उधोगलाई हाईड्रे मेसिन वितरण गरिएको हो ।