प्रशान्त निरौला
लेटाङ १२ असार । सडक सुरक्षाको चुनौती रहेको भन्दै लेटाङ ३ शान्ति मार्गमा सोलार वत्ती जडान सूरु भएको छ ।
स्थानिय वासिको मागलाई मध्यनजर गरी रातिको समय सूरक्षा चुनौती हुने भएकाले सोलर वत्तीले लर्गाइएको लेटाङ नगपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । सडकमा रातिको समय हिड्नुपर्ने अवस्थामा समेत सुरक्षित महसुस हुनेभएकाले सडक बत्तीको आवश्यकता परेको नगरप्रमुखले वताउनुभयो ।
१३ वटा सोलार वत्ती १० लाखको लागतमा जडान भएको उक्त सडक सोलार बत्ती लेटाङ नगरपालिकाद्धारा ६ लाख सहयोग गरिएको र वाँकी स्थानियबासी वाट रकम उठाएको नगरपालिकाका ईन्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।
सडक सोलार बत्ती एकहप्ता भित्रमा सम्पन्न हुने लेटाङ नगरपालिकाका सवईन्जिनियर अषेश श्रेष्ठले जानकारी दिनुभयो ।
१३ वटा सोलार वत्ती मध्ये एउटा शिवालय मन्दीर लेटाङ ४ तथा शान्ति भगवती माविमा एउटा जडान गरिने शान्ति मार्ग सोलार जडान समितिका अध्यक्ष तेजकुमार राईले जानकारी दिनुभयो ।