लेटाङ १० असार । बाल विवाह तथा लैङ्गिक हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । परिवर्तनशिल महिला समुह लेटाङ र लेटाङ महिला फेडेरेशनको संयुक्त आयोजनामा सोमवार जनसेवा सामुदासयिक बनको भवनमा उक्त कार्यक्रम भएको हो । लेटाङ नगरपालिका वडा नं. ४ को कार्यलयको सहयोगमा भएको कार्यक्रममा शान्ति भगवती मावि लेटाङ ४ , ग्रीन भ्याली एकेडेमी , पूर्वाञ्चल वोर्डिङ स्कुलमा अध्यय्नरत विधार्थी ,अभिभावक तथा स्थानयि वासीको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लेटा नगर प्रमुख शंकर राईले समुदाय९प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लेटाङले विभिन्न सघ सस्थाहरुसग समन्वय गरी संचलन गरेका विविध जनचेतनामुलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याएको भन्दै यस्ता कार्यक्रम संचालनमा प्रहरीलाइ पुर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष देवराज चाम्लिङ, वडा नं. ४ का बालबालिका कार्यक्रम संयोजक भिष्म श्रेष्ठ, परिवर्तनशील महिला समुह लेटाङकी अध्यक्ष कमला राई, लेटाङ महिला फेडेरेशनकी अध्यक्ष ईन्दु चौधरी, लेटाङ नगर कार्यपालिका सदस्यहरु तथा विभिन्न वडाका वडा सदस्यहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिका समेतको उपस्थिती रहेको थियो ।
ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी सहायक निरिक्षक दिपक कटुवालले बाल विवाह तथा लैङ्गिक हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण प्रदान गर्नुभयो ।
त्यस्तै कार्यक्रममा प्रथमिक स्वास्थ्य केन्द्र लेटाङबाट डा.संगिता घिमिरेले प्रजनन स्वास्थ्य र ओरेक नेपालका प्रतिनिधीले बाल अधिकार सम्वन्धी प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रम समुदाय प्रहरी साझेदारीमा सञ्चालन भएको ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी सहायक निरिक्षक कटुवालले जानकारी दिनुभयो ।