एभरेष्ट मल्टि टेक्निकलको १० बार्षीक उत्सव

Letang Khabar शुक्रबार, आषाढ ०६, २०७६

लेटाङ ६ असार । मोरङको उर्लाबारीमा अवस्थित एभरेष्ट मल्टि टेक्निकल कलेजले आफ्नो स्थापनाको १० औं बर्ष मनाउने भएको छ । शिक्षा क्षेत्रमा प्राबिधिक शिक्षा दिदै आएको निजि संस्था एभरेष्ठ मल्टि टेक्निकल कलेजले १० औं बर्षमा प्रबेश गरेको उपलक्षमा बिभिद कार्यक्रम गर्ने भएको हो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि बार्षीक उत्सवको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्तरगत असार ११ देखि १४ गते सम्म सरसफाई, सम्मान, रक्तदान र नमुना बाल गृहलाई आर्थिक सहयोग गर्ने भएको संचालक देवेन्द्र धिमिरेले बताए । हाल संस्थाले शिक्षाको क्षेत्रमा मन्टेश्वरी तालिम, कोरियन, जापनीज र हिब्रु भाषाका कक्षा, कम्पुटर तालिम, लोक सेवाका कक्षा, बैंकिङ जस्ता तालिम संचालन गर्दै आएको छ ।

उर्लाबारी र लेटाङका एस ई ई दिएर बसेका बिध्यार्थीहरुलाई कम्पूटर, लोकसेवा कोष, बैंकीङ तालिम, मन्टेश्वरी तालिम लगायतका कार्यक्रम प्रदान दिदै आएको छ । कलेजमा ३ सय ५० बिध्यार्थीहरुलाई पढन पाठन गराउदै आएको निर्देशक सुमन ढकालले बताए ।
संस्थाले १० औं बार्षीक उत्सवको अवसरमा गोला प्रथाबाट सय जना पुराना बिध्यार्थीलाई भाषा तथा कम्पुटर तालिम निशुल्क गर्ने भएको छ । सोहि अवसरमा संस्थालाई योग्दान पुर्याउने शिक्षक, उत्कृष्ट बिध्यार्थी, संघ संस्थालाई सम्मान गर्ने भएको ढकालले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ