प्रशान्त निरौला
लेटाङ २ असार । बालबालिकाहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं. ४ को आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत बजेट अन्तर्गतको कार्यक्रमलाई लेटाङ नगरपालिकामा केन्द्रीय कार्यलय रहेको महिला जागरण समुहले सञ्चालन गरेको हो । लेटाङ नगरपालिका ४ मा रहेको जनसेवा सामुदायिक बनको हलमा शिविर सञ्चालन भएको थियो ।
स्वास्थ्य शिविरलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्ध्घाटन गर्नूभयो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मेयर राईले जनतालाई स्वास्थ्य तथा सिपमुलक कार्यक्रममा आयोजक समुहले गरेको कार्य समाजलाई सकारात्मक ठाँउमा पूर्याउन महत्वपूर्ण भुमिका खेलेको वताउनुभयो । बालबालिका भविष्यकमो कर्णधार भएकाले बालबालिकाको स्वास्थ्यलाई आमावाबुले मात्र नभई सिंगो समाजले ध्यान दिन आवश्यक रहेको वताउनुभयो । यसैको उदाहरण स्वरुप यो शिविर आयोजना भएको उल्लेख गर्दै आगामी दिनहरुमा छुट्टै योजना वनाएर वालवालिकाको स्वास्थ्य सम्वन्धी कार्यक्रम ल्याउने समेत वताउनुभयो । हाल लेटाङ नगरक्षेत्र संगै मोरङ सुनसरीमा डेङगोको समस्या रहेको र यसवाट वालवालिका पनि पिडित रहेको नगरप्रमुख राईले वताउनुभयो । उहाँल लामखुट्टेको टोकाईवाट लाग्ने रोग नियन्त्रणका लागि लेटाङ नगरपालिका लागेको समेत जनाउनुभयो ।
कार्यक्रममा अतिथि रहनुभएकी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौलाले वालवालिकाको पहिलो डाक्टर आमा भएकाले वालवालिकाको स्वास्थ्यमा गर्भअवस्थामा नै वालवालिकाको स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको वताउनुभयो । आगामी कार्यक्रममा नगरपालिकामा वाल स्वास्थ्यमा वजेट विनियोजको प्रश्ताव ल्याउने वताउनभयो । स्वास्थ्य शिविर अन्तर्गत वालवालिकालाई समेट्न सकेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , वडा नं. ४ का वडा अध्यक्ष सन्तोष कार्की , नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि विराटनगरका प्रवन्धक नारायण दहाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
शिविरमा ४ सय वालवालिकाको परिक्षण गरिएको शिविर आयोजक संस्थाकी अध्यक्ष शान्तिकला राई बस्नेतले जानकारी दिनुभयो ।