लेटाङ १ असार । कालोपत्रे बनिरहेको लेटाङ नगरपालिका वडा नं। ५ मा रहेको कृषी मार्गको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । लेटाङ ५ मा रहेको गणेश मन्दीर देखि मोरङी खोलाको डिल सम्म १९ सय मिटर सडक कालोपत्रे गरिरहेको छ ।
अनुगमनका क्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सडक निर्माण पछि स्थानिय वासिहरुलाई सडकमा आवजावतमा सहजता हुने वताउनुभयो । उहाँले कृषी मार्ग कालोपत्रे गरेपछि धेरै कृषी जन्य सामाग्रीहरु वजार सम्म ल्याउन समेत सहज हुने उहाँले वताउनुभयो । कच्ची सडकहरुमा सवारीसाधन चलाउदा जनतालाई सास्ती हुनुका साथै अप्ठ्यारो समेत हुने भएकाले कालोपत्रे गर्नुपरेको मेयर राईको भनाई रहेको छ ।
९९ लाख ९६ हजार ९ सय ८४ रुपैयाको लागत स्टिमेटमा बनिरहेको उक्त सडकको प्रिमिक्स हाल्ने काम भईरहेको लेटाङ नगरपालिकाका ईन्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो । अनुगमनका क्रममा ईन्जिनियर राईले कृषी सडक यो हप्तामा वनिसक्ने जानकारी दिनुभयो । राईका अनुसार मापदण्ड अनुसार सडक निर्माण भईरहेको र विचमा कुनै कमजोरी हुन नदिन आफु लागि परेको समेत जानकारी दिनुभयो ।