लेटाङ ३१ जेष्ठ । लेटाङ नगरपालिका वडा नं। २ मा एकदिने स्वास्थ्य शिवर विहिवार सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं। २ को कार्यलयले आयोजना गरेको स्वास्थ्य शिविरको प्राविधिक सहयोग विराट मेडिकल कलेज टिचिङ अस्पतालले गरेको थियो ।
लेटाङ नगरपालिकाका जनताको स्वास्थ्य पहुचका क्षेत्रमा उत्तरदायि हुने भएकाले यो शिविर आयोजना गरिएको नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । विभिन्न रोगहरु वाट पिडीत भएर स्वास्थ्य संस्थामा पूग्न कठिन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो शिविर महत्वपूर्ण हुने वताउनुभयो । विशेष गरि स्वास्थ्य परिक्षणका लागि अस्पताल सम्म जान सहज नभएका मानिसहरुलाई मध्यनजर गरेर शिविर आयोजना गरिएको मेयर राईले बताउनुभयो ।
स्वास्थ्य जीवन समुन्नत समाजको मेरुदण्ड भएकाले सवै जनता स्वस्थ्य हुन् भन्ने उदेश्यले स्वास्थ्य शिविर आयोजना गरिएको वडा अध्यक्ष तिम्सिनाले वताउनुभयो ।
वडाको वार्षिक कार्यक्रमको रुपमा गरिएको सो कार्यक्रमलाई लेटाङ नगरपालिकाले समेत आर्थिक सहयोग गरेको उहाँले वताउनुभयो । शिविरमा ३३५ जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका लेटाङ नगरपालिका २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । जसमध्ये जटिल समस्या भएका १३ जना महिलार प्रोस्टेट लगायतका जटिल समस्या भएका ७ जना पूरुषहरुलाई विराट अस्पताल रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका स्वास्थ्य सहसंयोजक सञ्जयकुमार काफ्लेले कुनाकाप्चामा रहेका विरामीलाई आफ्नै घरआँगनमा स्वास्थ्य सेवा दिएकोमा प्रसंसनिय कार्य भएको टिप्पणी गनुभएको छ । आफ्नो स्वास्थ्य परिक्षण गर्नका लागि जानकारी नभएकाहरुले आफ्नै ठाँउमा सेवा पाउदा लाभान्वित हुने भएकाले यो सेवा महत्वपूर्ण कार्य भएको उहाँको भनाई थियो ।