समाजसेवी कार्किद्वारा वृद्ध विश्राम स्थलमा धारा जडान

Letang Khabar बुधबार, बैशाख ०५, २०७५

प्रशान्त निरौला
लेटाङ ५ बैशाख । खानेपानीको समस्या झेलिरहेका वृद्धहरुको आश्रमस्थलमा लेटाङ चार निवासी समाजसेवी खड्गबहादुर कार्कीद्वारा खानेपानीको ब्यबस्था गरिदिएका छन । कार्किले २० हजारको लागतमा उक्त ठाउँमा धारा जडान गरिदिएका हुन ।
लेटाङ चार बसपार्क छेउमा रहेको मन्दिर भित्रै रहेको जेष्ठ नागरिक बिश्रामस्थलमा आज एक कार्यक्रम गरि धाराको उद्घाटन गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले धाराको पानी खोलेर उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको मन्तब्य राख्दै नगरप्रमुख राईले जेष्ठ नागरिकले जीवनका धेरै अनुभव सहित समाजमा मार्गनिर्देशकका रुपमा रहेकोले सबैलाई सम्मान गर्नु पर्ने बताए । अनगिन्ती कस्ठ ब्यहोरेर सन्तानका खातिर जीवन बिताएका आमाबाबुको लागि सन्तानले हेरचाह र मायाँ दिनुपर्ने धारणा राखे । जेष्ठ नागरिकको हितका लागि आफु जस्तोसुकै काम गर्न तयार रहेको बताए । जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य परिक्षण तथा उपचारको कार्यक्रम गरेको र जेष्ठ नागरिकको हितमा काम गर्ने बताए ।
६० बर्ष पुगेपछी जेष्ठ नागरिकको परिचयपत्र पाउने भएकाले सबै ६० बर्ष पुगेका नेपाली नागरिकले परिचयपत्र बनाउन आग्रह गरे । केहि महिना अघि सहारा बिहिन बनेका १०० बर्षका नेपाली नागरिकले समेत नागरिकता लिएको बताउदै राईले नेपाली भएर पनि साहार बिहिन बनेर प्रमाण जुटाउन नसकेकाहरुका लागि फेरि घुम्ति शिविर फेरि ल्याउन लागेको बताए । प्रमाण जुटाउन कठिन भएकाहरुका लागि बिषेश कार्यक्रम भएकाले अप्ठ्यारो परिस्थितिमा रहेकाले सम्पर्क गर्न अनुरोध गरे ।
हाल विद्यालय भर्ना अभियानको कार्यक्रम चलिरहेकाले सबै जेष्ठ नागरिकहरुले आफ्ना घरका विद्यालय जाने उमेरका बच्चाहरुलाई बिद्यालय पठाउन मद्दत गर्न आग्रह समेत गरे ।
कार्यक्रममा अथिती रहेका वडा नब्बर ४ का अध्यक्ष सन्तोष कार्किले जेष्ठ नागरिकका लागि १ लाख बजेट छुट्याउने उद्घोष गरे ।
कार्यक्रममा स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको समेत उपस्थिती रहेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ