लेभल ३ को तालिम सूरु

Letang Khabar बिहिबार, चैत्र १४, २०७५

लेटाङ १४ चैत । लेभल २ को तालिम पूरा भएपछि जनसेवा महिला समुहले ब्युटिसियन तथा सिलाईबुनाई लेभल ३ को तालिम सुरु गरेको छ ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मंगलवार लेभल २ को तालिम समापन गरेपछि लेभल ३ को तालिमको उुद्घाटन गर्नुभयो ।
नगरप्रमुख शंकर राईले तालिम उद्घाटन गर्दै सहभागिहरुलाई अझै सिप विकास गरेर उद्यमी वन्न सुझाउनुभयो । महिलाहरुको बृद्धिविकासका लासग सिप विकास गर्न जरुरी रहेकाले क्षमता विकास गर्न आग्रह गर्नुभयो । मंगलवार लेटाङ नगरपालिका ४ मा रहेको टेलिकम लाईनमा रहेको तालिम भवनमा सञ्चालित तालिममा लेटाङ ४ का २० जना महिलाहरुको सहभागिता रहेको छ ।

तिनमहिना अघि लेभल २ को तालिम पूरा भएपछि लेभल २ को तालिम सकेकाहरुलार्ई अझ दक्ष वनाउनका लागि यो तालिम गरिएको जनसेवा महिला समुहकी अध्यक्ष चम्पा थापामगरले जानकारी दिनुभयो । कार्यक्रममा लेटाङ नगरपालिका वडा नं। ४ का वडाअध्यक्ष सन्तोष कार्की , नगरकार्यपालिका सदस्यहरु सिता विश्वकर्मा , सुशिला विश्वकर्मा , वडा सदस्यहरु भिष्म श्रेष्ठ, बुद्धिराज फागो , महिला जागरण समुहकी अध्यक्ष शान्तिकला राई बस्नेत लगायतले शुभकामना दिनुभएको थियो ।

सस्ंथाकी सचिव फुलन सूर्यमगरले सञ्चालन गनुभएको कार्यक्रमलाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनुभएको संस्थाकी अध्यक्ष चम्पा थापामगरले समापन गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ