पथरीका तामाङको मृत्य झन झन सहस्यमय बन्दै, पीडित भन्छन मृत्यु होईन हत्या हो

Letang Khabar आइतबार, फाल्गुण २६, २०७५

पथरीका तामाङको मृत्य झन झन सहस्यमय बन्दै, पीडित भन्छन मृत्यु होईन हत्या हो
पथरी । मोरङको पथरीशनिश्चरे—१ मा भर्खरै खुलेको सिक्का बार एण्ड लन्च कम्पनीमा फागुन १६ गते राति १०ः३० बजे २७ बर्षिय षडराज तामाङको मृत्य सहस्यमय बन्दै गएको छ ।

तामाङ पथरीशनिश्चरे नगरपालिका—७ विश्णु चौक स्थायी बासिन्दा हुन् । सिक्का बारमा खाने क्रममा राति दुई पटक झगडा भएको थियो ।
तामाङसहितको टोली ६ जना थिए । झापा दमकबाट आएको तीन महिलासहित अन्य २ जना पुरुष साथीको टोलीसँग नाच्दा छोइएको बिषयमा समान्य झागडा भएको थियो ।
सो बिषय दुई पक्षवीच मिलेपछि पुन होटल सञ्चालकको टोलीसँग दोस्रो पटक झगडा भएको घट्नामा संलग्न व्यक्तिहरुबाट खुलेको छ । पथरीमा रहेको सिक्का बार पाँचौ तला माथि रहेको छ ।
मादक पदार्थ सेवन गरेका ग्राहकहरु दुई पटकको झगडापछि बाहिने क्रममा तामाङको शव सिक्का वार र गोर्खा सुपरर्माकेटको गल्लाीमा एक जना व्याक्ति ले वाइक स्र्टाट गर्ने क्रममा देखीए पछि उपचारका लागि पथरी अस्पताल लगिएको वताईएको छ । तर अस्पतालले तामाङको मृत्यु भई सकेको भन्दै प्राथमिक उपचार समेत नगरेको अस्पताल स्रोतले वताएको छ । त्यस पछि नशाको तालमा रहेको मृतकका साथि लाई अभिभावको जिम्मेवारी वन्न लगाएर इलाका प्रहरी कार्यालय पथरीको टोलीले उर्लाबारी मंगलबारे स्थित मंगलबारे अस्पताल पु¥याएको परिवार परिवार स्रोतले जनएको छ त्यस वारेमा उनलाई वुझन खोज्दा आफु नशामा भएको तर काहा लगेको आफुले थाहा नपाएको वताए ।
घट्नापछि प्रहरीले गहिरिएर अनुसन्धान नभएको भन्दै पीडित परिवारले आइतबार पथरीमा पत्रकार भेटघाटको कार्यक्रम गरी सत्य, तथ्य खोज्न सहयोग गर्न गुहार मागेका छन् ।

पत्रकार भेटघाटमा मृतक तामाङको दिदी टिका तामाङ र भाउजु आङरिता तामाङ लगायत आएका थिए ।
दिदी टिका तामाङले भाई षडराजको सहज मृत्यु नभएर हत्या भएको किटान गरिन् । प्रहरी र होटल सञ्चालकहरुले सिक्का बारको तल्लो तलाबाट खसेर हत्या भएको भन्ने बनाउन खोजेको भन्दै घट्ना त्यता मोड्ने प्रयास भइरहेको उनले वताईन ।
यद्यपि भाइको शवको प्रकृति हेर्दा चार तला माथिबाट खसेको प्रमाणित नहुने पीडित परिवारको भनाइ छ । मृतक तामाङको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
‘घोप्टो परेर चार तलाबाट खसाइदा वा खस्दा दाँत, नाक, अनुहारमा चोटपटक देखिनु पर्ने, हातखुट्टा भाँचिएको हुनुपर्ने’ दिदी टिका तामाङ भन्छिन ‘चार तलाबाट खस्दा नाकबाट रगत मात्र आउने सर्लक परेको शव हुनसक्छ रु’ उनि थप्छिन मृतकको जुत्ता, सट पेन्ट समेत सामान्य धसिएको समेत देखिन्न । शव होटलको भित्ता भन्दा १० फिट टाढा भेटिएको थियो ।
माथिबाट झरेकै भए सिधा तल झर्नुपर्ने पीडित पक्षको भनाइ छ । शवको टाउकोमा दुई वटा गहिरो चोट देखिएकोले कसैले रड प्रहार गरी हत्या भएको हुनसक्ने पीडित पक्षको दावि छ ।
घट्ना भएको आइतबार ११ दिन भइसक्यो । धरान स्थित वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट मार्टम गरी उर्लाबारी मंगलबारे स्थित अस्पतालमा राखिएको छ ।
सत्य, तथ्य नखुलेसम्म वा ’हत्यारा’लाई पत्ता नलगाएसम्म शवको अन्यष्ठी नगर्ने मृतककी भाउजु आङरिता तामाङले बताए । पोष्ट मार्टम रिपोर्ट अझै आएको छैन ।

पीडित परिवारले होटल सञ्चालक र झापा दमकको झगडिया टिमलाई पक्रेर कडा अनुसन्धान थालिनु पर्ने माग गरेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी इन्स्पेक्टर कमल बजगाई आफै लडेर मरेको प्रमाणित गर्न लागि परेको पीडित पक्षको आरोप छ । भाइको होटल सञ्चालक वा दमकको टिमको आक्रमणबाट मृत्यु भएको दावी छ ।
सिक्का बार पथरीकै संजीव गिरी, धिरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठले भर्खरै मात्र खोलेका हुन् । मृतक षडराजको होटल सञ्चालक मिलन श्रेष्ठसँग झगडा भएको तेजबहादुर तामाङले बताए । श्रेष्ठले तामाङसँगको रिसले आफ्नै होटलको टेवलमा गिलासले प्रहार गरेको सम्म आफूलाई थाहा भएको उनले बताए ।
सिक्का सञ्चालक संजीव गिरीले भने षडराज तामाङलाई उनकै साथीले लिएर भुँइतलातर्फ झरेको बताए । आफूहरुको कुनै गल्ति नभएको होटल सञ्चालकहरुको भनाइ छ ।
उनीहरुको आफ्नै गुनासो छ । हाम्रो कम्पनी यतिका दिनदेखि बन्द छ । हामी दैनिक प्रहरी कार्यालयमा आउनु पर्छ । के हामीलाई मानसिक तनाव छैन रु हाम्रो पीडा कस्ले बुझ्ने रु
सिक्का बार भएको भवनमा वारको आफ्नै, त्यस मुनि देव विकास बैंक र अझ तल्लो तलामा ट्रयु भ्याल्लु फेन्सी स्टोरको सीसी क्यामरेरा रहेको छ । घट्ना पछि तीनै वटाको सीसी क्यामेरा फुटेजहरुको अनुसन्धान भइरहेको छ ।
देव विकास बैकको सीसी क्यामेराको फुटेजको ६ मिनेट ३५ सेकेण्ड लगायतको तीन पटक गरेर २२ मिनेटको फुटेज डिलिट भएको परिवारको भनाइ छ । फुटेज पुरा भएको भए भाइ भवनको भुँइतलासम्म झरेको देखिन सक्ने पीडित पक्षको भनाइ छ । प्रहरीले घट्ना भएकै राति सो फुटेज लिएको थियो ।
प्रहरीले भने फुटेज हराएको बारे आफूलाई थाहा नभएको बताए । तामाङको मृत्यु भइसकेपछि घट्नालाई गम्भीर ढंगले नहेरेको पीडित पक्षको भनाइ छ । मृत्यु भएपछि भवन पुरै शिल गरेर घट्ना स्थलको अनुसन्धान गर्नुपर्नेमा लडेर मरेको बनाउने प्रयासमा जुटेको परिवार पक्षको भनाइ छ । प्रहरी निरीक्षक कमल बजगाईले भने अनुसन्धान प्रकृया नरोकिएको बताए ।
मृतक तामाङसँग मोरङ मिक्लाजुङको डिकबहादुर मगर, धादिङको रामहरी ढकाल, पथरीशनिश्चरे—२ मोरङका किसन राई, ७ नम्बर वडाको बलबहादुर तामाङ र तेजबहादुर तामाङसँगै रहेका थिए ।
साथिको मृत्य चार तलामाथिबाट झरेर वा कसैको प्रहारबाट हत्या भएको केही बताउन नसक्ने उनिहरुले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ