दमक खानेपानीमा कांग्रेस प्यानलको विजयी

Letang Khabar आइतबार, पौष २९, २०७५

कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ गरि ४ वटा स्थानमा र कम्यूनिष्ठ गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ ।
नेकपा र राप्रपाको संयुक्त गठबन्धनका उम्मेद्वारलाई हराउँदै कांग्रेस नेतृत्वको संघीय समाजवादी फोरम,नयाँ शक्ति पार्टी र संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक गठबन्धनले अधिकांस स्थानहरुमा जित हासिल गरेको छ ।

 

६ वटा क्षेत्रका लागि भएको मतदानबाट कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ गरि ४ वटा स्थानमा सानदार विजयी हासिल गरेको छ भने कम्यूनिष्ठ गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल गरेको छ ।
१ क्षेत्रबाट घनेन्द्र राज योङ्गयाले ४१९ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्धन्दी कृष्णकुमार भण्डारीले ३४५ मत प्राप्त गरे । पराजित भण्डारी संस्थाका तीन कार्यकाल सदस्य रहेर काम गरिआएका हुन् ।
त्यस्तै ,क्षेत्र नम्बर २ बाट सोहि प्यानलका धनबहादुर भट्टराईले महिला नेतृलाई हराउदै पुनः सदस्ययमा निर्वाचित भएका छन् । उसले प्रतिद्धन्दी लिलादेवी दाहाललाई १८४ मतको अन्तरले जित हासिल गरेका हुन् । विजयी भएका भट्टराईले ४७० मत ल्याए भने दाहालले २८६ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरि कांग्रेसका रोशन कुमार गौतमले नेकपाका गणेश बहादुर बस्नेतलाई ४ मतले हराउँदै जित हासिल गरे। संस्थाका वर्तमान सचिव समेत रहेका गौतमले २०४ मत ल्याएर निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष समेत रहेका बस्नेतलाई हराएका हुन् । बस्नेतले २ सय मत प्राप्त गरेका थिए । यसैगरि क्षेत्र नम्बर ४ मा कम्यूनिष्ट गठबन्धनबाट उम्मेदवार वनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश संयोजक समेत रहेका राम कुमार थापा विजयी भए । थापाले २५० मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलबाट महेन्द्र कुमार लिम्बुले १५० मत प्राप्त गरेका थिए ।
त्यस्तै,क्षेत्र नम्बर ४ बाट कम्यूनिष्ट गठबन्धनका ३३२ मत हरि न्यौपानेले ३३२ मत ल्याएर लोकतान्त्रिक प्यानलका धिरेन लाओतीलाई पराजित गरेका थिए । लाओतीले २८१ मत प्राप्त गरेका थिए ।
यसैगरि क्षेत्र नम्बर ६ बाट लोकतान्त्रिक प्यानलका हरी सुवेदीले सवैभन्दा धेरै मतान्तर गरि पुनः सदस्यमा जित हासिल गरेका छन् । विजयी सुवेदीले ३४५ मत ल्याएरका थिए भने उनका प्रतिद्धन्दी नेत्र पराजुलीले ११४ मत प्राप्त गरेका थिए ।
कुल ९ सदस्य पदका लागि शनिवार भएको निर्वाचनमा कांग्रेसहित संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक प्यानल र नेकपा,राप्रपाहितको प्यानल चुनावी मैदानमा थिए ।
निर्वाचन समितिका संयोजक मोहन भण्डारीका अनुसार ६ क्षेत्रगत सदस्य र तीन खुल्ला महिला सदस्य पदका लागि मतदान भएको थियो । कुल ४ हजार ५ सय ५९ मतदाता रहेको निर्वाचनमा भने ३ हजार ६ सय ७८ जनाले मतदानमा भाग लिएका संयोजक भण्डारीले जानकारी दिए । शनिवार विहान ८ वजेदेखि शुरु भएको मतदान ५ वजेसम्म चलेको थियो । मतपेटिका दलीय सहमति बनाएर आइतबार बिहान ९ वजेदेखि गणना शुरु गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ