बुद्धको शालिक निर्माण हुदै

Letang Khabar शुक्रबार, पौष २७, २०७५

प्रशान्त निरौला
लेटाङ २५ पूष । लेटाङ नगरपालिका वडा नं. ८ बुद्ध चौकमा बुद्धको शालिक निर्माण हुने भएको छ । स्थानिय समुदायको अग्रसरतामा बुद्धको मुर्ति निर्माण स्थलको लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले सिलन्यास समेत गर्नुभएको छ ।
बुद्धको शालिक ३ फुट उचाईको रहने छ भने विभिन्न सहयोगीदाता तथा स्थानियहरुको सहयोग वाट शालिक निर्माणको कार्य भईरहको उक्त शालिक निर्माण समितिका अध्यक्ष पदमवहादुर सिजाली मगरले जानकारी दिनुभयो ।
शान्तिका अग्रदुत गौतम बुद्धलाई विश्वले भगवानको रुपमा ग्रहण गरेको सन्दर्भमा वौद्ध धर्मावलम्बीहरुले मात्र नभई समग्र मानव समुदायले बुद्धलाई स्मरण गरुन भनेर शालिक निर्माणमा जुटेको सिजालीले वताउनुभयो ।
शालिक निर्माणका लागि सहायोग गर्न चहानेले समितिलाई  9812352851 मा सम्पर्क गर्न आग्रह समेत गरिएको छ । ५ हजार देखि माथि सहयोग गर्नेको नामावली शिलालेखमा राखिने वताईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ