बशन्तको १० औ साधारण सभा सम्पन्न

प्रशान्त निरौला सोमबार, पौष २३, २०७५

प्रशान्त निरौला
लेटाङ २३ पूष । वशन्त सामुदायिक वन उपभोक्ता समुहको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लेटाङ नगरपालिका ५ खेरुवामा आईतवार भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथी राईले सामुदायिक वनले समुदायको हितमा काम गर्नुपर्ने धाराणा राख्नुभयो । उहाँले समुदायिक वनले समाज रुपान्तरणमा महत्व राख्ने भएकाले सवैले यसतर्फ ध्यान दिन आवश्यक रहेको वताउनुभयो । प्रमुख राईले प्रत्येक वर्ष यस सामुदायिक वन संरक्षणका लागि १ लाख ५ हजार विनियोजन गर्ने समेत घोषणा गर्नुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. १ का सचिव अग्नि पौडेल , फेकोफोन प्रदेश सदस्य रेनुका दहाल , फेकोफोन लेटाङ अध्यक्ष आनन्दसागर तिम्सिना लगायत स्थानिय सामुदायिक बनकर्मी , सोही बनका उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ