लेटाङ १९ पूष । लेटाङ नगरपालिका ४ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समिति गठन गरिएको छ । बुधवार ईलाका प्रहरी कार्यलय लेटाङको संयोजनमा लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्की वडा सदस्यहरु , स्थानिय समाजसेवी , भद्र भलाद्मी लगायतको उपस्थितीमा लेटाङ नगरपालिकाको प्राङगणमा वसेको छलफलले समिति वनाएको हो भने कार्यक्रमको वारेमा छलफल समेत गरिएको थियो ।