सामुदायिक सेवा केन्द्र रानीले गर्‍यो न्यानो कम्बल बितरण कार्यक्रम

Letang Khabar बुधबार, पौष १८, २०७५

बिराटनगर, पौष १८ गते । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र रानीसंग आबद्ध सामुदायिक सेवा केन्द्र रानीले न्यानो कम्बल बितरण कार्यक्रम गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतमा आज बिहान ८ बजे बिराटनगर महानगरपालिका(१६ दुर्गा मन्दिर परिसरमा भएको सो कार्यक्रममा ७६ थान कम्बल बितरण गरिएको थियो । कार्यक्रममा गरिव, असह्यय तथा बिपन्न बर्गका ७६ जनालाई एक एक थान कम्बल बितरण गरिएको थियो । कम्बल बितरण पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथी तथा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएको जाडोमा न्यानो कम्बल बितरण कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई धन्यवाद दिनुहुँदै नागरिकको साथ र सहयोगले मात्र समुन्नत समाज निर्माण गर्न सकिने हुँदा आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा लिईएको बताउनु भयो । वहाले कार्यकमको आयोजना गर्नुहुने सामुदायिक सेवा केन्द्र रानी प्रति आभार प्रकट गर्नु हुँदै यस्ता प्रकारका कार्यक्रमहरुबाट प्रहरी र आम नागरीकबिच सामिप्यता बढ्ने हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयको तर्फबाट गर्न सक्ने जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । कार्यकममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बाले कम्बल उपलब्ध गराउनु हुने सम्पुर्ण सहयोगी दाताहरुप्रति हार्दिक नमन गर्दै आगामी दिनहरुमामा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

कार्यक्रममा सहयोगी दाता तथा कार्यक्रमलाई सफल बनाउन सहयोगी भूमिका निभाउने महानुभावहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सो कार्यक्रममा मोरङ जिल्लाका प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्र रानी तथा तिनपैनीका पदाधीकारीहरु, स्थानीयवासीहरु, पत्रकार तथा नागरीकक समाजका अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ