मिस पूर्वाञ्चलको उपाधि झापाकी पुजालाई

Letang Khabar सोमबार, पौष १६, २०७५

धरान १६ पूष। सुनसरी र मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् ।

वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए । त्यस्तै फेस अफ डिभाइन आकृति आचार्य र फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ