चासोक तङनाम भव्यरुपमा मनाईयो

Letang Khabar आइतबार, पुष ०८, २०७५

डम्बर सिन्चिउरी
लेटाङ ७ मंसिर। हरेक वर्ष मंसिर शुक्ल पुर्णिमा लाई उधौलि पर्व तथा चासोक तङ्नाम को रुपमा मनाउने संस्कृतिलाई जिवन्तता दिँदै शनिवार मोरङको लेटाङ ९ जाँते स्थित धार्मिक चौक पुर्वको लिम्बू जातिको माङहिम परिसरमा भव्यरुपमा मनाइएको छ ।
उक्त अवसरमा विभिन्न जातिका जातिय साँस्कृतिक झाँकि हरु पनि प्रस्तुत गरिएको थियो । यस अवसरमा राई जातिको चण्डि , लिम्बूको च्याभ्रुङ नाच साथै मगरको हुर्रा नृत्य समेत प्रस्तुत गरिएको थियो । विभिन्न सोही अवसर पारी सो माङहिम परिसर को हालै मात्र निर्माण सम्पन्न गरिएको प्रवेसद्वारको पनि उद्घाटन गरिएको छ । उक्त प्रवेस द्वारको कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगर प्रमुख शंकर राई र स्थानिय चन्दा दाता दिलकुमारी चेम्जोङ पाहिम द्वारा संयुक्त रुपमा रिवनको गाँठो खोली उद्घाटन गरिको थियो । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख शंकर राईले लेटाङ नगरपालिका धार्मिक पर्यटनको विकासमा लागेकोले यस्ता संस्थाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गरेर लान अनुरोध गर्नुभयो । उँहाले लेटाङ नगरपालिकालाई विकास र समृद्ध वनाउनका लागि सवैले सहयोग गर्नुे धारणा राख्नुभयो । उहाँले नेपालीहरुले मनाउने उधौली पर्वको शुभकामना समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा स्थानिय किराँत याक्थुम चुम्लुङ लेटाङ ९ जाँतेलाई तत्कालिन अवस्था देखि हाल सम्म विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । यसरी सम्मान पाउनेहरुमा पुर्व समितिका अध्यक्ष वम बहादुर निङ्लेकु ,र पुर्व सचिव दल प्रसाद चेम्जोङ रहेका छन् । यसैगरी समाज सेवि धन प्रसाद थाङ्देन , चन्दा दाता दिल कुमारी पाहिम र अस्ट्रेलिया मा रहेरपनि यश संस्थालाई ठूलो सहयोग गरिरहेका सन्तोष चेम्जोङलाई पनि यस अवसरमा सम्मान गरिएको छ । साथै माङहिमलाई ७ हजार ५ सय बराबरको काँसको घण्टा प्रदान गर्ने कमला शेरेङचोङमाङ लाई पनि सम्मान गरिएको छ ।
कार्यक्रम किराँत यक्थुम चुम्लुङ लेटाङ ९ , युमा साम्यो महासभा लेटाङ ८ र ९ र सेवालुङ केलाङ संजङम्भो लेटाङ जाँते मोरङको संयुक्त आयोजनामा भएको हो ।
प्रकृति पुजक किराँतिहरुले वर्षको दुईपटक प्रकृतिलाई आशिर्वाद माग्ने र मागेको आशिर्वाद बाट प्राप्त खाद्यन्न आआफ्ना कुल देवता एवं प्रकृति देवतालाई अर्पण गरेर मात्र ग्रहण गर्ने गर्छन् । यसै क्रममा वैशाख शुक्ल पुर्णिमा मा उभौलि पर्वको नाममा प्रकृति सँग आषिश मागिन्छ भने , मंसिर शुक्ल पुर्णिमामा उधौलि पर्वको रुपमा प्रकृतिलाई धन्यवाद दिँदै कुलदेवतालाई अर्पण गर्ने गरिन्छ । यी दुवै अवसरमा प्रकृति पुजक राई ,लिम्बू , याखा, सुनुवार, आदि जातिहरु जंगल या नदि किनारमा वनाईएका सामुहिक कुलदेवताको गृह थलोमा यी जातिका सवै स्थानियहरु भेला भएर आआफ्ना घर बाट ल्याईएका पुजा सामाग्रि (भाले ,जाँड, रक्सि , नुतन अन्न , फुल पाति आदि ) अर्पण गरि पुजा गरिने गरिन्छ । यस अवसरमा भोगिले भोग अर्पण गरी पुजा गर्छन भने सात्विकहरुले फलफुल अर्पण गरी पुजा गर्छन् । भोगिहरुले विशेष गरी भालेको भोग लगाउँ छन् । साथै सो भोग सामुहिक भोजन पनि गरिन्छ भने बचेका सामाग्रि घर घरमा लगेर आफन्तका साथ भोजन गर्ने गरिन्छ । यस अवसरमा पित्रि एवं कुलदेवतालाई नुतन अन्नको सतविउ पलविउ पनि अर्पण गरिने स्थानिय शिक्षक तथा लिम्बू जातिय ईतिहासविद राज भक्त चेम्जोङले वताउनुभयो ।
यस पर्वलाई राईले उधौलि उभौलि भन्ने गरेको पाइन्छ भने लिम्वूहरुले चासोक तङनाम भन्ने गर्छन् । यस अवसरमा राईजातिले ढोल झ्यम्टा बजाएर शिलि प्रस्तुत गर्छन् भने लिम्बूहरुले च्याभ्रुङ बजाएर केलाङ र माङलाङ् प्रस्तुत गर्ने गरेको स्थानिय दल प्रसाद लिम्बू वताउछन्। यी जातिहरुको आआफ्नै मौलिक रुपमा मनाईने यो साँस्कृतिक पर्व मुख्य तिथि भन्दा एक हप्ता अघि देखि एक हप्ता पछि सम्म आफ्नो घर घरमा कुल पुजा गरि मनाउने र मुख्य तिथि पारेर चै सामुहिक पुजा थलोमा पुजा गरि मनाइने स्थानिय राई जातिका पुजारी राम बहादुर राईले वताएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ