कर्मचारी आन्दोलन : सेवाप्रवाह प्रभावित

Letang Khabar बिहिबार, पुष ०५, २०७५

प्रशान्त निरौला
लेटाङ ५ मंसिर । मोरङको लेटाङ नगरपालिकामा सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा सबै सेवा विच समान व्यवहार नभएको भन्दै कर्मचारीहरुले विरोध तथा धर्ना जारी राखेपछि सेवा प्रवाह प्रभावित वनेको छ ।

केही दिनयता कर्मचारीको विरोध तथा धर्नाका कारण नगरपालिका बाट हुनुपर्ने काम सहज रुपमा नभए पछि नगरपालिका तथा वडा कार्यलयवाट दिईने सेवामा अवरोेध आएको हो । । पेसागत स्थायित्वका लागि कर्मचारी समायोजनमा सबै सेवा र समूहबिच समान व्यवहार नभएकाले विभिन्न माग राखी स्थानीय तह ट्रेड युनियन, एशोसिएसनहरु संयुक्त रूपमा आन्दोलनमा उत्रेका हुन् । सुन्दरहरैचा नगरपालिकामा ४० जना कर्मचारीले कार्यालयको प्राङ्गणमा बसेर कामकाज ठप्प पारी आन्दोलित छन ।
आन्दोलनमा रहेका कर्मचारीहरुले आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरिप्रसाद चापाँगार्यलाई ज्ञापनपत्र समेत बुझाएका छन । पुष ९ गते सम्म आन्दोलन तथा धर्नालाई जारी राख्ने तथा कर्मचारीको माग सम्बोधन नभए केन्द्रको आदेश अनुसार थप संंर्घषका कार्यक्रम अघि बढाउने स्थानीय तह टे«ड युनियन संंयुक्त आन्दोलन परिचालन समिति लेटाङ नगरपालिका कार्यालयका सचिव श्यामकुमार राईले जानकारी दिएका छन ।
सरकारले कर्मचारीका माग पूरा नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने स्थानीय तह टे«ड युनियन संंयुक्त आन्दोलन परिचालन समिति लेटाङका संयोजक भानुभक्त राईले जनाए ।
स्थानीय तह टे«ड युनियन संंयुक्त आन्दोलन परिचालन समिति लेटाङका सदस्य पर्शुराम निरौलाले कर्मचारी कर्मचारीमा विभेद गरेर सरकारले अन्याय गरेको भन्दै कर्मचारीहरुलाई समान व्यवहार र सेवा सुविधा दिन सरकारको ध्यानाकर्षण गराए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ