उदयपुर पुस ४ । उदयपुरको बेल्टार बाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलको माध्यम बाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित स्थायी बासिन्दा बस्नेतलाई लालि गुराँस बहुउद्देश्यीय सहकारीले आफ्नो १५ औ साधारणसभा तथा वार्सिक उत्सवको अवसरमा मिस स्टेट विजयी बस्नेत सम्मानित भएकी हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत बाट समेत राष्ट्रलाई पदक दिलाउने र नेपाल कै कान्छी खेलाडीको छवि समेत बनाउदै गृह जिल्ला उदयपुरको र नेपालकै नाम उच्च बनाएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष जमुना राईले बताउनु भएको हो । कार्यक्रममा चौदण्डीगढीका मेयर खगेन्द्र राई अध्यक्ष जमुना राई लगाएत अतिथिको तर्फबाट फुलमाला दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरिएको हो ।
अन्तर्राष्ट्रिय खेलाडी तथा एक नम्बर प्रदेशको मिस स्टेट २०१८ बस्नेतले आफुले खेलकुद संगै यो क्षेत्रमा बाट समेत धेरै कुरा सिक्ने अवसर पाएकाले निकट भविष्यमा नै गृह जिल्ला उदयपुर र एक नम्बर प्रदेशको लागि पर्यटनलाई प्रचारप्रसार गर्ने पहिलो प्राथमिकता रहने बताएकी हुन । बस्नेतले आफुलाई यो स्थान सम्म पुग्न विभिन्न प्रकारको सहयोग गर्ने भोट गर्ने र पत्रकारले समेत आफुलाई सकारात्मक कलम चलाएको भन्दै प्रशंसा गर्दै धन्यवाद दिईन ।
कार्यक्रम लालिगुरास सहकारीको सभाहल बर्खेडाँडा भएको थियोे । कार्यक्रममा विभिन्न समाजसेवी बुद्धिजीवी राजनितीदल पत्रकार र स्थानीयवासीको वाक्लो उपस्थिति रहेको थियोे ।