देशभरका स्थानीय तहको कामकाज प्रभावित

Letang Khabar बुधबार, पुष ०४, २०७५

लेटाङ ४ मंसिर । स्थानीय तहको कर्मचारीको आन्दोलनका कारण आज बुधवार लेटाङ लगायत देशभरका स्थानीय तहको कामकाज प्रभावित भएको छ ।
स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा पौष १ गतेदेखी सञ्चालित आन्दोलनको कार्यक्रम अन्तरगत बुधवार बिहान १० बजेदेखी २ बजे सम्म कार्यालय परिसरमा कर्मचारीहरुले हातमा कालोपट्टी बाधि कामकाज ठप्प पारेका हुन ।
जसका कारण लेटाङ, नगरपालिका सहित जिल्लाका १७ वटै स्थानिय तहको कामकाज ठप्प भएको थियो । कर्मचारीको आन्दोलनका कारण दिनभर सेवाग्राहीले सास्ती भोग्नु परेको थियो । साविक जिविस, नगरपालिका तथा गा.वि.स.मा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक लगायतको पेशाको सुनिश्चितता संगै स्थायीत्व हुनुपर्ने, साविक स्थानीय निकायमा श्रेणीविहिन अवस्थामा रहेका कर्मचारीको स्तरबृद्धि तथा सवै तहको बढुवा लगायत बृत्ति बिकास तत्काल गर्नुपर्ने, स्थानीय सेवामा समायोजन हुने सवै कर्मचारीहरुलाई समान व्यवहार गर्न साविक स्थानीय निकायमा कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गर्नुपर्ने, काठमाण्डौ लगायत देशभरका बिभिन्न नगरपालिका तथा गाँउपालिकामा फोहोरमैला तथा सरसफाईमा कार्यरत कर्मचारीहरुको पेशागत सुनिश्चितता हुनुपर्ने लगायतका माग राखि आन्दोलन गरिएको हो ।
आन्दोलनको कार्यक्रम अन्तरगत भोली बिहिवारदेखी स्थानीय तहको कामकाज दिनभर ठप्प पारी धर्ना दिने कार्यक्रम रहेको स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति लेटाङका संयोजक ईन्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ