विदेशका लागि श्रम स्वीकृति अब विराटनगरबाटै पाइने, पुस ८ गते सेवा सञ्चालनमा आउदै

Letang Khabar मंगलबार, पौष ०३, २०७५

विराटनगर ३ पुष । रोजगारीका लागि विदेश जाने प्रकृया अनतर्गत श्रम स्कीकृतिका लागि काठमाण्डौ नै जानुपर्ने झन्झट अब हट्ने भएको छ । वैदेशिक रोजगारमा जानेहरूकालागि आउँदो पुष ८ गतेदेखि विराटनगरबाटै श्रम स्वीकृति दिइने तयारी भएको छ। यो सेवा सूरु भयो भने लामोदुरी पार गर्दै र ठुलो व्ययभार वेहोर्दै काठमाण्डौ नै जानुपर्ने वाध्यता हट्ने छ ।

श्रम स्वीकृतीका लागि काठमाडौंसम्म जानुपर्ने वाध्यता अन्त्य गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले आवश्यक तयारी थाले को छ। सातवटै प्रदेशमा श्रम तथा रोजागार कार्यालयमार्फत श्रम स्वीकृति दिने सरकारी कार्यक्रम र योजनाअनुसार प्रदेश १ बाट पहिलो अभ्यास थालनी हुन लागेको हो।परीक्षणका रुपमा पनि विराटनगरबाट श्रम स्वीकृतीको काम थाल्न लागेको कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगारको श्रम स्वीकृति प्रदान गर्ने कार्यक्रम आगामी पुस ८ गतेदेखि औपचारिक शुभारम्भ गरिने श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलले जानकारी दिए। श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काठमाडौं बाहिर श्रम स्वीकृति प्रदान गर्ने पहिलो कार्यालय विराटनगरमा उद्घाटन गर्नु हुने अधिकृत सञ्जेलले जानकारी दिए। कार्यालयलाई पूर्ण सञ्चालनमा ल्याउन र सेवालाई प्रभावकारी बनाउनका लागि आँखा परीक्षणका लागि आइरिस मेशिन, पाँचथान कम्प्युटर र इन्टरनेट, स्टिकर प्रिन्टर, फिङ्गर प्रिन्ट मेशिनको आवश्यकता पर्ने उनले जानकारी दिए ।
श्रम स्वीकृतीको काममा लागि आवश्यक पर्ने संरचना, प्राविधिक जनशक्ति र सामग्रीको व्यवस्थापन भइरहेको उनले बताए। हालसम्म आइरिस मेशिन कार्यालयमा उपलव्ध भइसकेको भए पनि अन्य सामग्री खरिद प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। प्रारम्भिक चरणमा परीक्षणको रुपमा श्रम स्वीकृति प्रदान गर्ने काम थाल्नका लागि कार्यालयमा भएका पुरानै सामग्रीको प्रयोग गर्ने कार्यालयको तयारी छ ।

वैदेशिक रोजगार विभागको अनलाइन पद्धतिबाट व्यक्तिगत श्रम स्वीकृति वा पुनःश्रम स्वीकृति लिनका लागि फारम भरिसकेपछि कार्यालयले स्वीकृति प्रदान गर्ने प्रावधान रहेको छ ।
व्यक्तिगत पहल वा सम्पर्कमा विदेश जानेहरूका लागि प्रदान गरिने श्रम स्वीकृतिको स्टिकर हरियो, मेनपावर वा संस्थागत रुपमा रोजगारीमा जानेहरूका लागि रातो स्टिकर राहदानीमै टाँसिने छ।

गैरकानुनी रुपले कुनै पनि देशमा पुगेका व्यक्तिहरूले माग गरेको अवस्थामा वैधताकालागि कार्यालयले स्वीकृति दिनेछ। सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालयमार्फत श्रम तथा रोजगार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र वैदेशिक रोजगारको श्रम स्वीकृति प्रदान गर्ने कार्यक्रम अगाडि सारिएको छ। श्रम तथा रोजागर कार्यालयमा तीनवटा शाखामार्फत सेवाग्राहीले सुविधा लिन सक्नेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ