हिमशिखर डान्स आइडल हुने

Letang Khabar आइतबार, पौष ०१, २०७५

 

दमक १ मंसिर । हिमशिखर मिडिया प्रालिले हिमशिखर डान्स आईडल आयोजना गर्ने भएको छ । हिमशिखर मिडिया प्रा।लि।को आयोजनामा यही पौष २ गतेदेखि खुल्ला राष्ट्रव्यापी सिंगल, डबल र ग्रुप नृत्य प्रतियोगिता २०७५ हुने भएको छ ।

हिमशिखर डान्स आइडलको सिजन २ को शनिवार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तालिका सार्वजनिक गरिएको हो । कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम निर्देशक श्री गणेश शर्माले नेपालमै पहिलो पल्ट विभिन्न नृत्य सहित सामुहिक नृत्य प्रतियोगिता समेत प्रतियोगितामा समावेश गरिने बताउनु भयो । पत्रकार सम्मेलनमा हिमशिखर मिडिया ग्रुपका अध्यक्ष ध्रुवप्रसाद न्यौपानेले कार्यक्रमको परिकल्पना कसरी गरियो भन्ने विषयमा स्पस्ट पार्दै हिमशिखर टेलिभिजनको शुरुवात देखिनै यो खालका कार्यक्रम गर्न सोच बनाएको बताउनु भयो । उहाँले पुरानो कार्यक्रम ‘नमस्ते दमक’ को स्मरण समेत गर्नुभयो ।

उहाँले हिमशिखर डान्स आईडल सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो । हिमशिखर डान्स आईडलको कार्यक्रमका लागि निर्णायकमा श्री गणेश शर्मा, राज लावती र ज्याक सहनी रहनु हुने आयोजकले जानकारी दिएको छ भने कार्यक्रमको प्रश्तोता तृष्णा रेग्मी रहनु हुने जनाइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार अडिसनका कार्यक्रम पौष २ गते देखि पौष २९ गतेसम्म हुने भएको हो ।

पौष २ गते सोमवार बृटिस गोर्खा सामुदायिक भवन धरानमा पहिलो अडिसन हुँदैछ भने क्रमशः पौष ५ गते विहिवार किरात राई यायोक्खा भवन, इटहरीमा, पौष ७ गते शनिवार मारवाडी सेवा सदन विराटनगरमा, पौष ९ गते सोमवार इन्द्रपुर जेसिज, विराटचोकमा, पौष ११ गते बुधवार अग्रसेन भवन विर्तामोड, पौष १५ गते आइतवार होटल ग्रिन भ्यु इलाम र पौष २९ गते आइतवार, मारवाडी सेवा समितिको भवन दमकमा अडिसन हुने भएको जनाइएको छ । अडिसनका प्रतिष्पर्धीले आफू जहाँ भएपनि पायक पर्ने जुनसुकै स्थानबाट अडिसन फारम भर्न र निवेदन दिन सक्ने प्रावधान रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी विजेताहरुलाई प्रथम पुरस्कार ३ लाख र दोस्रो पुरस्कार १ लाख रुपैयाँ प्रदान गरिने हिमशिखर मिडिया प्रा।लि। दमकले जनाइएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ